English

नेप्सेमा दोहोरो अंकको गिरावट



बुधबार नेप्से ओरालो लागेको छ। केहि समयदेखि निरन्तर उकालो लागिरहेको नेप्से आज साढे ३० अंकले घटेको हो।

आज नेप्से परिसूचक ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंकले घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने ८ अर्ब नाघेको छ। २२९ कम्पनीको ९० हजार ५९० पटकको कारोबारमा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, आज मञ्चकन्या माइ हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यसैगरी, आज व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ।

आज अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, निर्जीवन बीमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

सेयर बजारमा दिनभरि उतारचढाव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested