English

वर्षा र आसिफलाई लिएर सिरिज बनाइँदै



सामाजिक र परिवारिक कथावस्तुमा निर्माण हुने टिभी सिरिज ‘किन मायामा’मा जी–ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनले सहकार्य गर्ने भएका छन् ।

असिम शाहद्वारा निर्देशित सिरिजको मुख्य भूमिकामा आसिफ शाहवर्षा राउत अनुबन्धित भएका छन् । अन्य कलाकारहरु चाँडै तय गरिने निर्देशक शाहले बताए ।

१३ एपिसोडमा बन्ने सिरिजको छायांकन कोरोनाभाइरस महमारीको अवस्थामा सुधार भएपछि सुरु हुने भएको छ । कान्तिपुर टिभीबाट प्रसारण हुने र जी–ट्वान्टी वानको डिजिटल प्लेटफर्मबाट सिरिज स्ट्रिमिङ हुनेछ ।

मान्छेहरु अहिले रियालिटी सोको पछाडि दौडिरहेका छन्’ शाहले भने, ‘हामीकहाँ सोसल र फेमिली ड्रामा हेर्न भारतीय टेलिभिजनमा निर्भर हुनुपर्ने बाध्यता छ । नेपाली टिभी दर्शकमा सोसल ड्रामा हेर्ने बानी बसाल्न पनि सिरिज बनाउने निर्णय गरेका हौं ।’

सोसल ड्रामा सिरिजको रुपमा प्रयोग गर्न खोजिएको जानकारी निर्देशक शाहले दिए । अहिले प्रि–प्रोडक्सनमा चरणमा काम भैरहेको छ र लकडाउन भैहाले पनि सानो समूहमा छायांकन गर्ने तयारी रहेको असिमले बताए ।

सिरिज ‘किन मायामा’मा पति पत्नीबीचको सम्बन्धमा आउने उतारचढाव र चिसोपनको कथा समावेश गरिएको छ ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

Latest










Popular
Suggested