English

एक वर्षको अन्तरमा जन्मिए जुम्ल्याहा बच्चा, डाक्टर नै अचम्मित



अत्यन्त रोचक र अचम्मलाग्दो संयोगले भरिएको यस विश्वमा कयौंपटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई यकिन गर्न अत्यन्त मुस्किल पर्छ । यस्तै, एक अचम्म लाग्दो घटना क्यालिफोर्नियामा जुम्ल्याहाहा बच्चाको सन्दर्भमा भएको छ । यिनीहरूको जन्मदिन फरक–फरक वर्षमा मनाइन्छ ।

यस्तो बहुत कम घटना हुन्छ जब दुुई जुम्ल्याहा बच्चाको जन्म यस किसिमबाट हुन्छ । एक बच्चाको जन्म ११.४५ बजे भयो अर्को बच्चाको जन्म ठीक १२ बजे भयो । उनीहरूबीचको यो जन्मको विषय र बच्चाको फोटो सोसियल मिडियामा व्यापक भाइरल भइरहेको छ ।

सन् २०२१ को अन्तिम दिन फातिमा म्याड्रिगललाई साँझ प्रसूति व्यथा सुरु भएपछि उनलाई अस्पतालमा भर्ना गरियो । राती ११ः४५ बजे उनले छोरा जन्माइन् । त्यसको करिब १५ मिनेटपछि छोरीको जन्म भयो । यसैकारण एक बच्चाको जन्म सन् २०२१ मा भयो भने अर्को बच्चाको जन्म सन् २०२२ मा भयो ।

फातिमालाई थाहै थिएन कि फरक–फरक वर्षमा जन्मेका कारण उनको बच्चा राता रात इन्टरनेटमा सनसनी बन्नेछन् । भाइरल फोटोमा दुवै बच्चा अत्यन्त सुन्दर देखिरहेका थिए । साथै पोष्टमा कयौँ मानिसको प्रतिक्रिया पनि हेर्न पाइएको छ । कयौँ अन्य युजर्सले कमेन्टमा यो अत्यन्त विचित्र मामिला भएको लेखेका छन् ।

डाक्टर र महिला पनि अचम्मित

अस्पतालका डाक्टर र अन्य कर्मचारी पनि यो घटनाबाट अचम्मित भएका छन् । यो संयोगबाट आमा र बुवा पनि अचम्ममा परेका छन् । यो जोडिले छोरीको नाम आयलिन योलान्दा ट्रुजिलो राखेका छन् । उनको जुम्ल्याहा दाइको नाम भने अल्फ्रेडो अन्टोनियो ट्रुजिलो राखिएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा प्रत्येक वर्ष करिब १ लाख २० हजार जुम्ल्याहाको जन्म हुन्छ । यसमा केवल ३ प्रतिशतको यस्तो संयोग हुने गर्छ । आमा फातिमले भनिन्,‘म आश्चर्यमा परेको छु र खुसी पनि छु । किनकी मेरी छोरी मध्यरातमा जन्मिइन् ।’

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested