English

याे सबै कुरा बिर्सेर देशका लागि खेल्ने बेला हो : पूर्वकप्तान मल्ल

जसरी पनि विश्व कपमा छनोट हुनुपर्छ


नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अब पुराना सबै कुरा बिर्सेर देशका लागि खेल्ने बताएका छन् । बन्द प्रशिक्षणका लागि आज मङ्गलबार त्रिवि मैदान कीर्तिपुर पुगेका मल्लले विगतमा जे–जस्तो भए पनि अब विश्व कपमा छनोट हुने लक्ष्य लिएर खेल्ने बताएका हुन् ।

उनले भने– ‘अब व्यक्तिगत रिसइबी त्यागेर देशका लागि खेल्ने हो, बोर्ड र खेलाडी एक ठाउँमा बस्नुपर्छ र हामीले नै क्रिकेट अघि बढाउनुपर्छ भन्ने लाग्यो । जे भयो भयो, अबको दिनमा राम्रोसँग अघि बढ्ने हो ।’ अहिले पनि क्यान र पदाधिकारीसँग सम्बन्धमा दरार आएको वा झगडा नै परेजस्तो गरी बाहिर आए पनि निकै राम्रो सम्बन्ध रहेको मल्लको भनाइ छ । आफूहरूले कुनै व्यक्ति र संस्थाको विरोध नगरि आफ्ना गुनासा राख्दा विषय लम्बिएको र विवादजस्तो देखिन पुगेको उनी बताउँछन् ।

क्यानले खेलाडीको वर्गीकरण र तलब भत्ता लगायतका विषयमा पहिल्यै आफूहरूको माग सुनेको भए यस्तो अवस्था नआउने मल्लले बताए । कप्तानबाट हटाउँदा अलिकति दुःख लागेको तर आफू सधैँभरि कप्तान हुनुपर्छ भन्ने नरहेको उनकाे भनाइ छ ।

‘कप्तानबाट हटाएको विषयमा अलिकति दुःख लाग्यो, विना कारण विषय निकालेर कप्तानबाट हटाउँदा मलाई गाह्रो भएको थियो । केही नभएका आरोप पनि लगाउँदा दुःख लाग्यो । म सधैँ कप्तान हुनुपर्छ भन्ने छैन, पहिले म कप्तान नहुँदा पनि खेलेकै थिएँ, अब पनि खेल्छु, देशका लागि खेल्छु’, मल्लले भने ।

यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested