English

मेसीलाई कोरोना संक्रमण




फ्रेञ्च क्लब पीएसजीका फरवार्ड लिओनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लोपटक गरिएको परीक्षणमा मेसीसहित पीएसजीका चार खेलाडीलाई संक्रमण पुष्टि भएको हो । अर्जेन्टाइन फरवार्ड मेसीसहित डिफेन्डरहरू जुवान बर्नट, नाथान बिटुमाजाला र गोलकिपर सर्जियो रिकोलाई कोरोना भएको हो ।

फ्रेञ्च कपअन्तर्गत चौथो श्रेणीको क्लब भानेसविरूद्धको खेलअघि खेलाडीहरूलाई कोरोना भएको हो । कोरोना पुष्टि भएका खेलाडी आइसोलेसनमा बसेको क्लबले जनाएको छ। पीएसजीले सन् २०२२ को पहिलो लिग खेल लियोनसँग ९ जनवरीमा खेल्दै छ।

लिग खेल नेइमारले गुमाउने यसअघि नै पक्का भइसकेको छ। उनी ब्राजिलमा अभ्यास गर्ने क्रममा घाइते भएका थिए । उनी मैदान फर्कन तीन साता पनि लाग्ने बताइएको छ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested