English

‘दबंग ४’मा नयाँ भुमिकामा सलमान खान



बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’, ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदैछन् । नयाँ वर्ष २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ ।

यसअघि तीन संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग ४’मा राजनेताको चरित्रमा देखिँदैछन् । फिल्मको निर्देशन निर्देशक तिग्मांशु धुलियाले गर्दैछन् । उनले नै फिल्मको स्क्रिप्टको काम पनि गरिरहेका छन् ।

अभिनेता सलमान र अरबाज खानले तिग्मांशूले सुनाएको प्रारम्भिक कथालाई मन पराएपछि तिग्मांशुले यसको स्क्रिप्ट फाइनलको तयारी गरिरहेका छन् । स्क्रिप्टको विस्तृत विषय सार्वजनिक नगरे पनि तिग्मांशु निकट स्रोतका अनुसार फिल्ममा सलमानलाई राजनीतिमा प्रवेश गराइनेछ । जसकारण दर्शकले मनोरञ्जनको डबल डोज पाउने अनुमान गरिएको छ ।

हाल सलमान ‘टाइगर ३’को सुटिङ पूरा गर्न कम्मर कसेर लागेका छन् । यसपछि उनी ‘कभी ईद कभी दीवाली’मा व्यस्त हुनेछन् । सलमान सन् २०२२ को अन्त्यसम्ममा ‘दबंग ४’को सुटिङ सकाउने तयारीमा छन् ।

यो पनि…
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested