English

मधुमेह नियन्त्रण गर्ने उपाय



रगतमा चिनी नियन्त्रण गर्नु मधुमेहका बिरामीहरूको लागि धेरै महत्त्वपूर्ण हुन्छ किनभने रगतमा अनियन्त्रित चिनी धेरै गम्भीर समस्याहरूसँग सम्बन्धित हुन्छ । स्वस्थ आहार र राम्रो जीवनशैलीले टाइप २ मधुमेहको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसका साथसाथै केही घरेलु आयुर्वेदिक औषधिहरू छन् जसको माध्यमबाट तपाईँले आफ्नो ब्लड सुगरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यी घरेलु उपचार धेरै स्वास्थ्य लाभहरूले भरिएका छन् । मधुमेह व्यवस्थापन गर्ने केही उपायहरू यस प्रकार छ ः

मेथी

मेथीको दानाले पाचन र कार्बोहाइड्रेटको अवशोषणलाई ढिलो गरेर रगतमा चिनीको मात्रा सुधार गर्छ । मेथीको दाना मुटुको लागि पनि राम्रो हुन्छ । किनकि यसले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न मद्दत गर्दछ ।

तुलसी

तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई बलियो बनाउँछ । पोषणविद्हरूले पनि तुलसीले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्छ भनी प्रकाश पार्छन् । तुलसीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनाव कम गर्छ । तुलसीलाई मानसिक स्वास्थ्य पनि सुधार गर्छ ।

दालचिनी

दालचिनीमा एन्टी भाइरल, ऐँठी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ । यसमा एन्टिअक्सिडेन्टका साथै एन्टी–इन्फ्लेमेटरी प्रभाव पनि हुन्छ । अध्ययनका अनुसार दालचीनीले टाइप–२ मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ। सबै जडिबुटीहरू मध्ये, दालचिनी सबैभन्दा शक्तिशाली जडीबुटी हो जसमा मिथाइल हाइड्रोक्सी चाल्कोन पोलिमर हुन्छ जसले ग्लुकोजको अपटेकलाई उत्तेजित गर्छ ।

बेसार

पोषणविद्हरूका अनुसार बेसारमा पाइने कर्क्युमिन एक बलियो एन्टिअक्सिडेन्ट हो र यसले मधुमेहका जटिलताहरूलाई निको पार्न मद्दत गर्छ। बेसारले शरीरलाई धेरै फाइदा पुर्याउन सक्छ । बेसारमा एन्टी इन्फ्लेमेटरी गुण पनि भरिएको हुन्छ । तपाईँ आफ्नो आहारमा बेसार धेरै तरिकामा समावेश गर्न सक्नुहुन्छ। यदि तपाईँलाई मधुमेह छ भने, कम ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराहरू लिनुहोस् र चिनीको स्तर कायम राख्न आफ्नो दिनचर्यामा नियमित शारीरिक व्यायाम समावेश गर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र