English

प्रसिद्ध उपन्यास ‘एक चिहान’को मञ्चन



नाटककार हृदयचन्द्रसिंह प्रधानको प्रसिद्ध उपन्यास ‘एक चिहान’ नाटकको रूपमा मञ्चन गरिने भएको छ ।
कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको उक्त प्रसिद्ध उपन्यास ‘एक चिहान’ नाटकको रूपमा मञ्चन गरेर देखाउन थालिएको छ ।

सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटकको रूपमा मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न यस उपन्यासलाई नाट्य रूपान्तरण गरिएको हो । शनिबारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नाटकको मञ्चन शुुरु गरिएको छ ।

वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरू यस उपन्यासमा रहेका छन् । साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरूको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका छन् ।

तत्कालीन नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ । नाटक त्यही समाज आर्दशोन्मुख रहेको कुराबाट अन्त्य भएको छ । अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ ।

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested