English

गर्भाधारणको लागि सहि उमेर कति हो ?



गर्भावस्था एक संवेदनशिल समय हो । त्यसैले धेरै दम्पतीहरु कुन उमेर गर्भाधारणको लागि उपयुक्त हुन्छ भनेर सल्लाह लिन चाहन्छन् । करिअर तथा अध्ययन केन्द्रित भएकाले अहिले ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजनन्मा भने असर पुग्नसक्छ ।

३० वर्षभन्दा ढिलो सन्तान जन्माउन चाहने महिलामा बच्चा बस्न गाह्रो हुने तथा बच्चा बसे पनि आमा तथा बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्नसक्छ । त्यसैले गर्भाधारणको लागि सहि उमेर कति हो भन्ने विषयमा डा.नितेश घिमिरेको सुझाव यस्तो छ:  

–  २५ देखि ३० वर्षको उमेरमा पहिलो सन्तान जन्माउनु उचित हुन्छ । किनकी यो समयमा महिलाहरुको आमाशयमा हुने अण्डाको संख्या निश्चित हुन्छ । प्रत्येक महिला आफ्नो आमाको पेटमा हुँदा नै अण्डाको संख्या निश्चित भईसकेको हुन्छ । त्यसैले हरेक महिलाहरुमा अण्डाको संख्या फरक फरक हुन्छ ।

– जति उमेर बढ्दै जान्छ अण्डाको संख्या घट्दै गईरहेको हुन्छ । हरेक पटक हुने महिनावारीमा एउटा अण्डा खर्च भईरहेको हुन्छ जस्ले गर्दा अण्डाको संख्या क्रमश घट्दै गईरहेको हुन्छ । उमेर बढ्दै जाँदा स्वास्थ अण्डाहरुको संख्या घट्दै जाने भएकोले गर्भ रहने सम्भावना पनि कम हुन्छ । यदि अस्वस्थकर अण्डाबाट बच्चा भईहाल्यो भने पनि बच्चा खेर जाने, बच्चा अस्वस्थ हुने तथा बच्चामा विभिन्न समस्याहरु देखिन सक्छ । 

–  सामान्यतया एक महिलाको आमासयमा ६ लाख देखि १० लाख अण्डा हुन्छ । २५ वर्ष उमेरसम्ममा ५० प्रतिशत फर्टाइल अण्डाहरु नै उत्पादन भैरहेको हुन्छ । ३० देखि ३५ उमेर पुग्दा १० प्रतिसत मात्र फर्टाइल अण्डा उत्पादन हुन्छ र यदि महिला ३५ वर्ष उमेर नाघेकी छिन् भने ५ प्रतिशत मात्र फर्टइल अण्डा हुन्छ ।

–  किताबी भाषामा हेर्ने हो भने २५ वर्ष सम्ममा गर्भवति भएको राम्रो हो । तर अहिलेको अवस्थामा यो उमेर अलि उपयुक्त नहुन सक्छ किनकि महिलाहरुको बिहे नै २५ वर्षमा भएको हुँदैन । पढाई, करियरको पछाडी दौडीदा दौडीदै बिहे नै ढिलो हुने भएकोले २५ देखि ३० वर्षको उमेरमा पहिले प्रेग्नेन्सि हुँदा सुरक्षित हुन्छ । ३० देखि ३५ वर्ष उमेरमा प्रेग्निेन्सी नहुने भनेको होइन तर जति उमेर बढ्दै गयो । स्वस्थ समस्या बढ्ने खतरा पनि त्यति नै बढ्दै जान्छ । 

– पुरुषहरु पनि करियर तथा अध्ययनमा केन्द्रित भएर ढिलो विवाह गर्छन् । भविस्यको बारेमा धेरै चिन्तित हुन्छन् र बच्चा ढिलो जन्माउने योजना बनाउँछन् तर, महिलाको तुलनामा पुरुषहरुको अण्डाको फर्टाइल हुने उमेर भने अलि बढि हुन्छ । ४० वर्ष सम्म पुरुषहरुको अण्डा फर्टाइल हुन्छ ।  ​​​​​​​

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?
नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
यी हुन् नियमित अनार खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested