विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।
२१.उत्तरी यमनको मारिब सहरमा विस्थापित शिविरका बालबालिका पानी पिउँदै । २०.क्यानाडाको बानफ नेसनल पार्क स्थित तालमा हिउँले ढाकिएको पहाडको प्रतिविम्ब । १९.पश्चिमी यूरोपमा आएको वर्षा र बाढीले चर्किएको घर । १८.ह्वाइट हाउसस्थित उडेका चराको बथान १७.इटालीस्थितको ‘डालोमाइट’ पहाडबाट देखिएको सूर्योदय ।१६. २०२१ को उत्कृष्ट खेलाडी बनेका अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डीओर अवार्ड ग्रहण गर्दै ।१५. स्पेनको ला पाल्माको क्यानरी टापुमा विस्फोट ज्वालामुखी ।१४.पाकिस्तानको लाहोरमा फूलको व्यापार गर्दै व्यापारी ।१३. स्वीजरल्याण्डको ‘चिमिस्पिट्जÞ’ पहाडको दृश्य ।१२. कुवेतको जाहरा गभर्नोरेटको समुद्र तटमा खानाको लागि लडिरहेका बकुल्ला ।११.दक्षिण कोरियाको सियोल सहरको रात्रिकालिन दृश्य ।१०. भारतको आसामको मोरिगाउँ जिल्लामा रेलवे ट्र्याक पार गर्ने क्रममा रेलले ठक्कर दिएको मृत हात्तीलाई श्रद्धाञ्जली अर्पण गर्दै ।९. हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर ।८. भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल ।७. शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध, पखेता फिँजाएर घाम सेक्दै ।६. ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन गर्न जाँदै तीर्थयात्री ।५. पोखरा महानगरपालिका वडा नं १८ खपौदीकी माझी महिला फेवातालमा माछा मार्न जाल बिछाउँदै । ४. तनहुँको देवघाटमा बालाचतुर्दशीको अवसरमा बिहीबार राति जागाराम बसेर बत्ती बाल्दै भक्तजन ।३. चितवनको सौराहास्थित राप्ती खोलाको किनारमा योगा अभ्यास गर्दै विदेशी पर्यटक ।२.चितवनको नारायणी नदीमा मोटरबोट चड्नको लागि लाइनमा बस्दै नेपाली । आन्तरिक पर्यटकहरु मोटरबोट चढेबापत २ सय ५० रुपियाँ तिर्नु पर्ने हुन्छ ।१. हिमालपारीको जिल्ला मुस्ताङमा हिमाल हेर्दै आन्तरिक पर्यटक ।
I hsve read so many content concerning the blogger lovers except this
piece of writiing is atually a nice piece oof writing, keep it up.
auroravpn
My homepagge :: auroravpn.org
Mason
I hsve read so many content concerning the blogger lovers except this piece of writiing is atually a nice piece oof writing, keep it up. auroravpn My homepagge :: auroravpn.org