English

टेकु अस्पतालमा २९ मंसिरदेखि इमर्जेन्सी सेवा निःशुल्क उपचार 



स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले १९ मंसिरदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

निर्देशकका रूपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ ।

अस्पतालका तर्फबाट निर्देशक डा। रावलले मंरसिर १५ गते नै पत्र लेखेर अवगत गराइसक्नुभएको छ । सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरूको पछिल्लो २४ घन्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यववस्था गरिएको हो ।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘सिवीसी, आरबीएस, युरीया क्रियटिभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटीलगायत रहेका छन् । ‘यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने,’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :
वैज्ञानिक अध्ययनको निचोड : अस्पताल भर्ना भएका बच्चालाई कथा सुनाउँदा चाँडै निको हुन्छन्
के हो होलबडी चेकअप ? कुन अस्पतालमा कति लाग्छ खर्च ?
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested