English

वैज्ञानिक अध्ययनको निचोड : अस्पताल भर्ना भएका बच्चालाई कथा सुनाउँदा चाँडै निको हुन्छन्



अभिभावक, शिक्षक र रेखदेखकर्ताले बच्चालाई कथावाचनको जादूबाट शान्त र सौम्य पार्न सकिन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । अस्पताल भर्ना भएका बालबालिकामा अनुसन्धानात्मक काम गरिरहेका अनुसन्धाताले एकदमै उत्कृष्ट ढंगले वाचन गरिएको कथाले बच्चाको शारीरिक र संवेगात्मक विकासमा मद्दत पुग्ने स्पष्ट पारेका छन् ।

‘हामीलाई थाहा छ कि कथावाचनमा यस्तो शक्ति हुन्छ, जसले हरेक व्यक्तिलाई अर्कै संसारमा लैजान्छ,’ अनुसन्धाता गुइलहर्मे ब्रोकिङटन भन्छन् । ब्रोकिङटन ब्राजिलको साओ पाउलोस्थित फेडेरल युनिभर्सिटी अफ एबीसीमा मानसिक संवेग र सिकाइबारे अध्ययन गर्छन् । उनी नेसनल एकेडेमी अफ साइन्सेज, अमेरिकाको जर्नलमा प्रकाशित नयाँ लेखका सहलेखक पनि हुन् । यसअघिका रिसर्चले के सुझाव दिएका छन् भने कथाले बालबालिकालाई उनीहरुको संवेगलाई प्रणालीमा लैजान तथा नियमन गर्न मद्दत पुग्छ । यद्यपि, यो रिसर्च कार्यात्मक एमआरआइ मेसिनभित्र रहेका बेला विभिन्न सवाल सोधपुछ गरेर प्रयोगशालामै सञ्चालन गरिएको थियो । ‘अस्पतालको परिवेशमा स्टोरी टेलिङको शारीरिक र संवेगात्मक प्रभावबारे थोरै मात्र अध्ययन भएका छन्,’ ब्रोकिङटन भन्छन् ।  

ब्रोकिङटन ब्राजिलको साओ पाउलोस्थित फेडेरल युनिभर्सिटी अफ एबीसीमा मानसिक संवेग र सिकाइबारे अध्ययन गर्छन् । उनी नेसनल एकेडेमी अफ साइन्सेज, अमेरिकाको जर्नलमा प्रकाशित नयाँ लेखका सहलेखक पनि हुन् । यसअघिका रिसर्चले के सुझाव दिएका छन् भने कथाले बालबालिकालाई उनीहरुको संवेगलाई प्रणालीमा लैजान तथा नियमन गर्न मद्दत पुग्छ ।

अनुसन्धाताले ब्राजिलका विभिन्न अस्पतालमा रहेका ४ देखि ११ वर्षसम्मका बिरामी बालबालिकालाई दुई समूहका बाँडेका थिए, जसअनुसार   कम्तीमा एक दशक अनुभव भएका कथावाचकलाई बिरामीका लागि खटाइएको थियो । कथावाचकले एउटा समूहमा हरेक बच्चालाई ‘पज्जल’ खेल खेलाए भने अर्को खेलमा बालबालिकाले किताब छनोट गरे र त्यसअनुसार कथावाचकले ठूलो स्वरमा वाचन गरेको किताबका कथाहरु सुने । यो अनुसन्धान गर्नुभन्दा पहिले र पछि प्रत्येक बालबालिकाबाट परीक्षणका लागि र्याल (सालिभा) को नमुना लिइएको थियो, त्यसपछि उनीहरुलाई दुखाइको अवस्था कस्तो छ भनी सोध्नुका साथै ‘वर्ड क्वीज’ सञ्चालन गरिएको थियो ।

कथाश्रवण र पज्जल खेलबाट दुवै समूहमा रहेका बालबालिका उल्लेखनीयरुपमा यस अर्थमा लाभान्वित भए कि उनीहरुको र्याल (सालिभा) परीक्षणबाट उनीहरुमा तनाव उत्पन्न गर्ने हर्मोन ‘कोर्टिसोल’ घटेको पाइयो ।

यसैगरी, ती बालबालिकामा ‘अक्सिटोसिन’को मात्रा बढेको पाइयो, जसलाई प्रायःजसो मानिसमा सहानुभूति बढाउने राम्रो हर्मोनका रुपमा लिने गरिन्छ ।  दुईवटा समूहमध्ये कथा सुन्ने समूहमा रहेका बच्चाहरुमा विशेष रुपले उनीहरुको ‘कार्टिसेल’ लेभल अर्को समूहमा पज्जल खेल्ने बच्चाहरुको भन्दा एक चौथाइले कम भएको पाइयो । त्यसैगरी, कथा सुन्ने बच्चाहरुको ‘अक्सिटोसिन’ लेभल अर्को समूहभन्दा दुई गुणा बढी रहेको भेटियो । कथा सुन्ने बच्चाहरुले उनीहरुको दुखाइको लेभल पज्जल खेल्ने बच्चाहरुभन्दा दुई गुणाले कम भएको बताए र उनीहरुले अस्पतालको बसाइको अनुभवबारे ज्यादै सकारात्मक शब्दहरु प्रयोग गरे । 

‘अनुसन्धाताले साँच्चिकै कथावाचकको सामाजिक अन्तर्क्रियाको पक्षलाई नियन्त्रणमा राख्न कोसिस गरे, जुन मेरो विचारमा मुख्य पक्ष थियो,’ कथा सुनाइबाट परेको प्रभावबारे  योर्क विश्वविद्यालय, क्यानडाका मनोविज्ञ रेमन्ड मार भन्छन् । 

यो अध्ययनले के देखाउँछ भने खेल खेल्दा वा सामान्यतः कोहीसँग अन्तअन्तर्क्रिया गर्दा बच्चाले आनन्द महसुस गर्नुका साथै उनीहरुको हेराइ बदलिन्छ तर कथा सुनेपछि भने उनीहरुमा नाटकीय प्रभाव र परिवर्तन देखिन्छ । ‘अनुसन्धाताले साँच्चिकै कथावाचकको सामाजिक अन्तर्क्रियाको पक्षलाई नियन्त्रणमा राख्न कोसिस गरे, जुन मेरो विचारमा मुख्य पक्ष थियो,’ कथा सुनाइबाट परेको प्रभावबारे  योर्क विश्वविद्यालय, क्यानडाका मनोविज्ञ रेमन्ड मार भन्छन् । उनी यो अनुसन्धानमा भने संलग्न थिएनन् ।

आउँदा दिनमा अनुसन्धाताले यसको प्रभाव कति अवधिसम्म रहन्छ भन्नेबारे अनुसन्धान गर्ने योजना बनाएका छन् । क्यान्सरजस्तो निश्चित रोग भएका बच्चामा कथा सुन्दा हुने सम्भावित फाइदाबारे पनि अध्ययन गर्ने मनोविज्ञको योजना छ । मारको अनुभवमा विभिन्न समस्या भएका व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन कथा सुनाउने विधि न्युन खर्चमा अत्यधिक प्रभावकारी देखिन्छ । ‘यो ज्यादै आशाजनक र परिणाममुखी छ,’ उनी भन्छन्, ‘सम्भवतः यो सामान्यीकरण योग्य पनि छ ।’

(साइन्टिफिक अमेरिकनलगायत विभिन्न एजेन्सीको सहयोगमा न्युज कारखानाले तयार पारेको सामग्री )

यो पनि पढ्नुहोस्
हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन
बालबालिकाहरुलाई होमवर्क गराउँदा यी कुरामा ध्यान दिनुहोस्
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?
निषेधाज्ञामा बालबालिका : जोखिम र अवसर दुव
बालबालिकालाई जंकफुड कति हानिकारक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested