वैज्ञानिक अध्ययनको निचोड : अस्पताल भर्ना भएका बच्चालाई कथा सुनाउँदा चाँडै निको हुन्छन्



अभिभावक, शिक्षक र रेखदेखकर्ताले बच्चालाई कथावाचनको जादूबाट शान्त र सौम्य पार्न सकिन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । अस्पताल भर्ना भएका बालबालिकामा अनुसन्धानात्मक काम गरिरहेका अनुसन्धाताले एकदमै उत्कृष्ट ढंगले वाचन गरिएको कथाले बच्चाको शारीरिक र संवेगात्मक विकासमा मद्दत पुग्ने स्पष्ट पारेका छन् ।

‘हामीलाई थाहा छ कि कथावाचनमा यस्तो शक्ति हुन्छ, जसले हरेक व्यक्तिलाई अर्कै संसारमा लैजान्छ,’ अनुसन्धाता गुइलहर्मे ब्रोकिङटन भन्छन् । ब्रोकिङटन ब्राजिलको साओ पाउलोस्थित फेडेरल युनिभर्सिटी अफ एबीसीमा मानसिक संवेग र सिकाइबारे अध्ययन गर्छन् । उनी नेसनल एकेडेमी अफ साइन्सेज, अमेरिकाको जर्नलमा प्रकाशित नयाँ लेखका सहलेखक पनि हुन् । यसअघिका रिसर्चले के सुझाव दिएका छन् भने कथाले बालबालिकालाई उनीहरुको संवेगलाई प्रणालीमा लैजान तथा नियमन गर्न मद्दत पुग्छ । यद्यपि, यो रिसर्च कार्यात्मक एमआरआइ मेसिनभित्र रहेका बेला विभिन्न सवाल सोधपुछ गरेर प्रयोगशालामै सञ्चालन गरिएको थियो । ‘अस्पतालको परिवेशमा स्टोरी टेलिङको शारीरिक र संवेगात्मक प्रभावबारे थोरै मात्र अध्ययन भएका छन्,’ ब्रोकिङटन भन्छन् ।  

ब्रोकिङटन ब्राजिलको साओ पाउलोस्थित फेडेरल युनिभर्सिटी अफ एबीसीमा मानसिक संवेग र सिकाइबारे अध्ययन गर्छन् । उनी नेसनल एकेडेमी अफ साइन्सेज, अमेरिकाको जर्नलमा प्रकाशित नयाँ लेखका सहलेखक पनि हुन् । यसअघिका रिसर्चले के सुझाव दिएका छन् भने कथाले बालबालिकालाई उनीहरुको संवेगलाई प्रणालीमा लैजान तथा नियमन गर्न मद्दत पुग्छ ।

अनुसन्धाताले ब्राजिलका विभिन्न अस्पतालमा रहेका ४ देखि ११ वर्षसम्मका बिरामी बालबालिकालाई दुई समूहका बाँडेका थिए, जसअनुसार   कम्तीमा एक दशक अनुभव भएका कथावाचकलाई बिरामीका लागि खटाइएको थियो । कथावाचकले एउटा समूहमा हरेक बच्चालाई ‘पज्जल’ खेल खेलाए भने अर्को खेलमा बालबालिकाले किताब छनोट गरे र त्यसअनुसार कथावाचकले ठूलो स्वरमा वाचन गरेको किताबका कथाहरु सुने । यो अनुसन्धान गर्नुभन्दा पहिले र पछि प्रत्येक बालबालिकाबाट परीक्षणका लागि र्याल (सालिभा) को नमुना लिइएको थियो, त्यसपछि उनीहरुलाई दुखाइको अवस्था कस्तो छ भनी सोध्नुका साथै ‘वर्ड क्वीज’ सञ्चालन गरिएको थियो ।

कथाश्रवण र पज्जल खेलबाट दुवै समूहमा रहेका बालबालिका उल्लेखनीयरुपमा यस अर्थमा लाभान्वित भए कि उनीहरुको र्याल (सालिभा) परीक्षणबाट उनीहरुमा तनाव उत्पन्न गर्ने हर्मोन ‘कोर्टिसोल’ घटेको पाइयो ।

यसैगरी, ती बालबालिकामा ‘अक्सिटोसिन’को मात्रा बढेको पाइयो, जसलाई प्रायःजसो मानिसमा सहानुभूति बढाउने राम्रो हर्मोनका रुपमा लिने गरिन्छ ।  दुईवटा समूहमध्ये कथा सुन्ने समूहमा रहेका बच्चाहरुमा विशेष रुपले उनीहरुको ‘कार्टिसेल’ लेभल अर्को समूहमा पज्जल खेल्ने बच्चाहरुको भन्दा एक चौथाइले कम भएको पाइयो । त्यसैगरी, कथा सुन्ने बच्चाहरुको ‘अक्सिटोसिन’ लेभल अर्को समूहभन्दा दुई गुणा बढी रहेको भेटियो । कथा सुन्ने बच्चाहरुले उनीहरुको दुखाइको लेभल पज्जल खेल्ने बच्चाहरुभन्दा दुई गुणाले कम भएको बताए र उनीहरुले अस्पतालको बसाइको अनुभवबारे ज्यादै सकारात्मक शब्दहरु प्रयोग गरे । 

‘अनुसन्धाताले साँच्चिकै कथावाचकको सामाजिक अन्तर्क्रियाको पक्षलाई नियन्त्रणमा राख्न कोसिस गरे, जुन मेरो विचारमा मुख्य पक्ष थियो,’ कथा सुनाइबाट परेको प्रभावबारे  योर्क विश्वविद्यालय, क्यानडाका मनोविज्ञ रेमन्ड मार भन्छन् । 

यो अध्ययनले के देखाउँछ भने खेल खेल्दा वा सामान्यतः कोहीसँग अन्तअन्तर्क्रिया गर्दा बच्चाले आनन्द महसुस गर्नुका साथै उनीहरुको हेराइ बदलिन्छ तर कथा सुनेपछि भने उनीहरुमा नाटकीय प्रभाव र परिवर्तन देखिन्छ । ‘अनुसन्धाताले साँच्चिकै कथावाचकको सामाजिक अन्तर्क्रियाको पक्षलाई नियन्त्रणमा राख्न कोसिस गरे, जुन मेरो विचारमा मुख्य पक्ष थियो,’ कथा सुनाइबाट परेको प्रभावबारे  योर्क विश्वविद्यालय, क्यानडाका मनोविज्ञ रेमन्ड मार भन्छन् । उनी यो अनुसन्धानमा भने संलग्न थिएनन् ।

आउँदा दिनमा अनुसन्धाताले यसको प्रभाव कति अवधिसम्म रहन्छ भन्नेबारे अनुसन्धान गर्ने योजना बनाएका छन् । क्यान्सरजस्तो निश्चित रोग भएका बच्चामा कथा सुन्दा हुने सम्भावित फाइदाबारे पनि अध्ययन गर्ने मनोविज्ञको योजना छ । मारको अनुभवमा विभिन्न समस्या भएका व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन कथा सुनाउने विधि न्युन खर्चमा अत्यधिक प्रभावकारी देखिन्छ । ‘यो ज्यादै आशाजनक र परिणाममुखी छ,’ उनी भन्छन्, ‘सम्भवतः यो सामान्यीकरण योग्य पनि छ ।’

(साइन्टिफिक अमेरिकनलगायत विभिन्न एजेन्सीको सहयोगमा न्युज कारखानाले तयार पारेको सामग्री )

यो पनि पढ्नुहोस्
हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन
बालबालिकाहरुलाई होमवर्क गराउँदा यी कुरामा ध्यान दिनुहोस्
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?
निषेधाज्ञामा बालबालिका : जोखिम र अवसर दुव
बालबालिकालाई जंकफुड कति हानिकारक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको

भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले

पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ । महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे

विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार