English

दसैंका लागि स्वस्थ्य खसी बोका कसरी चिन्ने ?



हिन्दू धर्मावलम्बीहरुको महान पर्व दसैंले छपक्कै छोपिसक्यो । सहर बजारमा किनमेल गर्नेहरुको भिडभाड छ । दसैं रमाइलो बनाउने थुप्रै कुराहरु छन् । त्यसैमध्ये एक हो– खसी बोका । यो बेला मासुका लागि खसी बोकाको कारोबार राम्रो हुन्छ । तर, खसी बोका किन्ने बेला थोरै ध्यान नदिँदा पछुताउनु पर्ने हुन्छ । त्यसैले यहाँ खसी बोका किन्दा ध्यान दिनुपर्ने बारे पशुरोग विशेषज्ञ डा. शरदसिंह यादवको सुझाव यस्तो छ :

– खसीबोका बेच्ने स्थान जस्तै–खाद्य संस्थानबाट खरिद गर्ने ।
– खसी देख्ने बित्तिकै केही कुरामा शंका लागेमा नकिन्ने ।
– जिउँदो खसी, बोका, च्यांग्रा खरिद गर्दा सरकारले भेटेरिनरी जाँच पास गरेको ठाउँबाट किन्नुपर्छ ।
– त्यो सम्भव नभए खसी, बोका कत्तिको फुर्तिलो छ, छैन हेर्नुपर्छ ।
– आँखा तेजिलो भए–नभएको हेर्नुका साथै आँखाबाट कचेरा आएको खसी बोका किन्नु हुँदैन ।
– नाकबाट सिंगान बगेको खसी पनि किन्नु हुँदैन ।
– कानबाट पिप बगेको छ, छैन हेर्नुपर्छ ।
– खोकी लागे नलागेको हेर्नुपर्छ ।
– खसी र बोकाको मुखमा र्यापल र अति सुख्खा लक्षण देखिएमा नकिनेकै राम्रो हुन्छ ।
– पातलो दिसा गरेको छ कि छैन हेर्ने ।
– शरीरमा किर्ना, उपियाँ भए नभएको हेर्नुपर्छ ।
– दाना, घाँस पानी खान्छ कि खाँदैन विचार गर्नुपर्छ ।
– शरीरमा चोटपटक लागेको हुनु हुँदैन ।
– शरीरमा छाम्दा मासु पलाएको तथा रगत बगेको छ–छैन, हेर्नुपर्छ ।
– रौं ठाडो हुनु हुँदैन, चम्किलो हुनुपर्छ ।
– यसैगरी दसैंमा कुखुरा–हाँस आदि पनि खाने चलन छ ।
– झोक्राएको कुखुरा तथा हाँस खरिद गर्नु हुँदैन ।
– घ्यार–घ्यार गर्ने तथा रौं फुस्रो हुनु हुँदैन ।

यो पनि पढ्नुहोस् :
दसैंमा घुम्न कहाँ जाने ? यी हुन् १० गन्तव्य
दशैंलाई नयाँ नोट असोज ४ देखि, एकजनाले कतिसम्म साट्न पाइन्छ ?
आज घटस्थापना– यसरी राख्नुहोस् जमरा, यस्तो छ जमराको महत्व ?
चन्द्रागिरि केबुलकार दशैं, तिहारमा पनि खुल्ने
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested