English

दशैंलाई नयाँ नोट असोज ४ देखि, एकजनाले कतिसम्म साट्न पाइन्छ ?



नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट दशैंका लागि नयाँ नोट वितरण हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन तर, यसवर्ष भने दिन लागेको राष्ट्र बैंकका सूचना अधिकराी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

‘नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त बैंकहरुको क्षमता हेरेर १० करोड देखि ५० करोडसम्म नयाँ नोट उपलब्ध गराई सकेका छौँ,’ पोखरेलले भने, ‘सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकमा गएर नोट सटही गर्न सक्नुहुन्छ ।

’बैंकले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नोट सटहीको सुविधा दिन सक्ने जनशक्तिलाई व्यवस्थापन गरी नोट वितरण गर्नुपर्ने छ । ‘सर्वसाधारणलाई नयाँ नोट लिन राष्ट्र बैंकसम्म आउनु पर्दैन,’ उनले भने, ‘यो वर्ष नयाँ नोट प्रर्याप्त मात्रामा भएकाले नोट सटहीको समस्या पर्दैन ।’

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन् । ५ देखि १ सय रुपैयाँसम्मको एक सेट पाउने छन् । नयाँ नोटको सटही गर्दा सर्वसाधारणले लामो लाइन बस्नुपर्ने र भिड हुनगई संक्रमणको जोखिम बढ्ने भएकाले सबैले स्वस्थ्यमापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट दशैंको बेलामा सटही गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम