English

दसैंमा घुम्न कहाँ जाने ? यी हुन् १० गन्तव्य



दसैं–तिहारको समय घुम्नका लागि बढी रमाइलो मानिन्छ । न जाडो, न गर्मी यो मौसममा घुमघाम साँच्चै आनन्ददायक हुन्छ । कतिपय नेपालीले विदेशका पर्यटकीय स्थलहरूलाई घुमफिरको गन्तव्य बनाउँछन् । यद्यपि नेपालभित्रै नयाँ–नयाँ गन्तव्य पुगेर आनन्द लिने नेपालीहरूको संख्या बाक्लो छ । यदि दसैं वा तिहार मनाउने योजनामा हुनुहुन्न वा चाडबाड नमान्ने मुडमा हुनुहुन्छ भने यो लामो छुट्टी लिएर आनन्दले घुम्ने उपयुक्त मौसम हो । त्यसका लागि नेपालभित्रैघुम्न लायक स्थान छनौट गर्न सकिन्छ । बाह्रैकाल पर्यटकहरूको भीड लागिरहने गन्तव्यहरू मात्र नभै अन्य स्थलहरू नौला मात्र होइन, उत्तिकै रमाइला पनि हुन्छन् । त्यसैले नेपाल पर्यटन बोर्डका म्यानेजर सुनिल शर्माले दसैंका बेला घुमघाम गन्तव्य बनाउन सकिने १० ठाउँका बारेमा यसरी बताए ः

पिके डाँडा

पिके डाँडा सोलुखुम्बुमा पर्छ । घुम्नलायक ठाउँमध्ये एक यो हो । जहाँ तपाई परिवारसँग दसैंको बिदामा योजना बनाएर जान सक्नुहुन्छ । यहाँबाट ८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाइन्छ ।
सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा यो ठाउँ पुग्न सकिन्छ । समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर उचाईमा रहेको पिके डाँडाबाट काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाईजहाज तल भएर जाँदाको दृश्य उत्तिकै मनमोहक हुन्छ ।

तीन जुरे मिल्के जलजले

‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के जोड्ने क्षेत्र हो । यो क्षेत्रको पर्यावरण निकै रोमान्चित छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हो । यसका साथै रेडपाण्डा लगायतका जनावरको अवलोकन गर्न सकिन्छ ।

बर्दिया राष्ट्रिय निकुन्ज

बर्दिया राष्ट्रिय निकुन्ज बर्दिया जिल्लामा पर्छ । यो निकुन्ज बाघको लागि एकदमै चर्चित छ । पाटे बाघ, मृगका बथान, एक सिंगे गैडा यस क्षेत्रका आकर्षण हुन् । ४ सय ७ प्रजातिका चरा चुरुंगी पाइने यस क्षेत्रमा रहेका बबई र कर्णाली नदीमा १ सय २५ किसिमका माछा पाइन्छन् । यस निकुन्जसँगै रहेको कर्णाली नदीमा बनेको कलात्मक पुल पनि पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो क्षेत्रफल ठूलो भएकाले यहाँ परिवार र साथीभाईसँग घुमेर रमाइलो गर्न सक्नु हुन्छ ।

लोमान्थाङ

हिमालपारी गाउँ भनेर चिनिने मुस्ताङ जिल्लामा पर्नेे लोमान्थाङ परिवार र साथी भाईसँग रमाइलोका लागि घुमघाम गर्न सक्नु हुन्छ । यस ठाउँमा पुरातात्विक ऐतिहासको बारेमा जानकारी लिन सकिन्छ । हिमालबाट आउने चिसो हावालाई रोक्नको लागि पर्खालहरु बनाएको छ ।

पोखरा–कुस्मा–बाग्लुङको लङ ड्राइभ

पोखरामा सबैलाई मन पर्ने घुम्ने स्थल हो । यसको बाटो हुँदै पोखरा–कुस्मा–बाग्लुङको लक ड्राइभ पनि परिवार र साथीभाईसँग यसपालीको दसैंमा जान सक्नु हुन्छ । पर्वत जिल्लामा पर्ने कुश्मामा तपाईंले बन्जिजम्पिङ र नेपालको सबैभन्दा ठुलो झुलुङ्गे पुलको पनि अवलोकन गर्नसक्नु हुन्छ । यहाँबाट तपाई बागलुङको लागि यात्रामा कालीगण्डकीको मनोरम दृश्य हेर्न सक्नु हुन्छ ।

सन्डकफु

सन्डकफु वा सन्दकपुर नेपाल र भारतको पूर्वी सिमानमा सिमानामा पर्छ । यो सिमा क्षेत्रबाट कन्चनजंगा हिमालको मनोरम दुश्य अवलोकन गर्न सकिन्छ । पश्चिम बंगाल, भारतको उच्च क्षेत्र रहेकाले अनेकौं दृश्यहरु नियाल्न सकिन्छ । यो क्षेत्र ट्रेकिङको लागि एकदम उपयूक्त रहेको छ ।

चिवाङ र थुपटेन गुम्बा

पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा चिवाङ र थुपटेन गुम्बा पर्छ । यी दुई गुम्बा विश्वमा चर्चित छन् । यस दसैंमा घुम्ने सोच बनाउनु भएको छ भने यो तपाईंका लागि एकदम राम्रो गन्तव्य हुन सक्छ । गुम्बा हेर्न सौकिन व्यक्तिले यस ठाउँमा घुम्न जान सक्नु हुन्छ । यहाँबाट एकदुई दिन हिडेर दूध पोखरी जान सकिन्छ । यसका साथै थुप्रै आकर्षक बौद्ध गुम्बाहरुको अवलोकन गर्न सकिन्छ ।

बेदकोट ताल

कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल दसैंका लागि घुमघामको गन्तव्य बन्न सक्छ । बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्य हो । प्राकृतिक, रमणीय यहाँ ताल नजिकै आराध्य देव शिवको मन्दिर छ । तालको सुन्दरता र चारैतिर हरिया पहाड छन् । ताल क्षेत्रको वनबाट आउने चराचुरुङ्गीहरुको आवाजले मन रोमान्चित हुन्छ ।

सिद्ध शिव लिङ्गेश्वर धाम ‘लिङ्ग’

कन्चनपुर जिल्लाको उत्तरी चुरे पहाडी क्षेत्रमा सिद्ध शिव लिङ्गेश्वार धाम ‘लिङग’ अवस्थित छ । माटो र ढुङ्गाको मिश्रणबाट बनेको ठुला ठुला पहाडहरु शिव लिङ्ग आकारको देखिन्छ । प्राकृतिक रुपले बने यो दृश्य अवलोकन गर्नेहरु रोमान्चित हुन्छन् । यहाँ तपाई आफ्नो परिवारसँग रमाइलो घुमघाम गर्न जान सक्नुहुन्छ । जति झरीबर्षा हुँदा पनि ती पहाडहरुमा कुनै असर नगर्नु नै यहाँको मुख्य विशेषता हो । उक्त लिङ्गलाई शुद्ध मनले पूजा अर्चना गरे मनोकांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।

काँक्रे विहार

सुर्खेत जिल्लामा पर्ने काँक्रे बिहारमा प्राचीन सभ्यताको भग्नावशेषको अवलोकन गर्न सकिन्छ । यहाँ बौद्ध धर्म सम्बन्धि पुरातात्विक भवन तथा विहारहरूको भग्नावशेष छन् । जहाँ तपाई आफ्नो परिवार र साथीभाईसँग दसैँमा रमाइलोका लागि जान सक्नुहुन्छ ।


(नेपाल पर्यटन बोर्डका म्यानेजर सुनिल शर्मासँगको कुराकानीमा आधारित ।)


यो पनि पढ्नुहोस् :

दशैंलाई नयाँ नोट असोज ४ देखि, एकजनाले कतिसम्म साट्न पाइन्छ ?
आज घटस्थापना– यसरी राख्नुहोस् जमरा, यस्तो छ जमराको महत्व ?
चन्द्रागिरि केबुलकार दशैं, तिहारमा पनि खुल्ने
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो