English

उहिले र अहिलेको दर



भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज हिन्दू धर्मावलम्बी महिलाले धुमधाम मनाउँछन् । तीजको अवसरमा महादेवको मन्दिरमा पूजा आराधना गरी नाचगान गर्ने गर्छन् । उपवास बस्ने महिलाहरु तीजको अगाडिको दिन शुद्ध शाकाहारी खानाको दर खाने प्रचलन रहेको वेद विद्याश्रम गौशालाका प्राचार्य विष्णु प्रसाद पोखरेल बताउँछन् ।

‘तीजको व्रत बस्दा दर खानका लागि शुद्ध शाकाहारी खाना बनाउन महिलालाई दाजुभाइले सहयोग गर्ने परम्परा छ,’ पोखरेलले भने, ‘दूधबाट बनेका परिकार खीर, ढकनी जस्ता खानेकुरा खाने चलन छ ।’

यद्यपि, पछिल्लो समय दरको परिभाषा नै बदलिएको छ । पहिला एउटा घरको भान्सामा सिमित दर अहिले तारे होटल र पार्टी प्यालेससम्म पुगेको छ । यही दरको विषयमा केन्द्रीत रहेर नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीको अनुभव यस्तो छ :

दरको मौलिकता हराउँदै गयो –भुवन चन्द

पहिला तीजको अघिल्लो दिन घरमै दर कार्यक्रम हुन्थ्यो । तर, हिजोआज दर कार्यक्रम तीज आउनुभन्दा महिना दिन अघिबाटै सुरु हुन्छ । आधुनिकतासँगै समाजमा परिवर्तन आउनु राम्रो हो तर, यसले मौलिकता हराउँदै गएको छ ।

घरमा नै सेलरोटी, विभिन्न परिकारका मिठाई, खीर, पुरी, अचार, मासु लगायतका दरको खाना खाइन्थ्यो । अहिले घरको परिकार भन्दा बढी मःम, मिठाई, ड्रिंक्स जस्ता बाहिरी खानाको बाहुल्यता बढेको छ ।

दरका लागि खाना पकाउने समय हुन्थ्यो । मध्यरातसम्म आमाले दर पकाउनुहुन्थ्यो दिदीबहिनीहरु नाचगान गरेर बसिन्थ्यो । अनि १२ बजेअघि दर खाएर फेरि रमाइलो गरेर सुतिन्थ्यो । त्यसले एकखालको आत्मियता, सौहार्दता कायम गरेको थियो । तर, अहिले त्यस्तो छैन ।

समाजमा परिवर्तन आउनु राम्रो हो तर पैसा खर्च गरेर दरको नाममा पार्टी आयोजना र देखावटी गर्नाले समाजमा विकृति फैलिँदो छ । यस्ता कार्यक्रममा मलाई पनि निम्तो आउँछ, सम्मान पनि गर्नुहुन्छ । तर, मलाई मौलिक तरिकाले पर्व मनाउन नै मनपर्छ ।

तीजमा रमाइलो गर्नुपर्छ भन्दैमा तीजको अस्तित्व हराउने गरी महिना दिनदेखि दरका नाममा समय र पैसा खर्च गर्नु राम्रो होइन । त्यो भन्दा घरमा नै एक–दुई दिन आफन्तसँग रमाइलो गर्नु उचित हुन्छ ।

आफ्नै खेतबारीमा उत्पादन भएको खानेकुराको दर खाइन्थ्यो–मिथिला शर्मा

पहिला र अहिलेको दरमा आकाश–जमिनको फरक छ । पहिला आफ्नै खेतबारीमा उत्पादन भएको खानेकुरा दरका रुपमा खाइन्थ्यो । तर, अहिले होटेल, रेष्टुरेन्टबाट किनेर ल्याइन्छ । त्यसैले त्यो बेलाको तीजलाई अहिले दाँज्दा मौलिकपन हराउँदै गएको देख्छु ।

तीजको महत्वलाई असर गर्ने गतिविधि हामीले गर्नु हुँदैन र अरुलाई पनि गर्न दिनुहुँदैन मेरो मत हो । पहिला साधारण तरिकाले आफ्ना दिदी बहिनी, चेलीबेटीलाई बोलाइन्थ्यो । घरमा मिठो मसिनो बनाएर खाने चलन थियो । आउन नसक्नेहरुका लागि दर उनीहरुकै घरमा पठाइन्थ्यो ।

महिलाको लागि तीज एकदमै महत्वपूर्ण थियो । महिनौंसम्म माइती तीजलाई पर्खिन्थ्यो तर, हालको समयमा त्यो छैन । दुई–तीन महिना अगावै दर खाने, नाचगान गरेर मनाउन थालिएको छ । त्यसैले यो राम्रो होइन ।

यो पनि पढ्नुहोस्

तीजको दरमा के खाने के नखाने ?
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेट
छाउन थाले तीजका भाका– कतै ताली कतै गाली

दरका विशेष परिकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested