English

अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



शनिबार फूर्सदको दिन । यो समय थुप्रै रचनात्मक काम गरेर बिताउन सकिन्छ । हरेकका आ–आफ्ना सोख हुन्छन् । जसमध्ये पुस्तक पढ्नु पनि कसैका लागि सोखको विषय हो । अभिनेत्री केकी अधिकारी पनि अध्ययनमा सोख राख्छिन् । उनको नजरमा पाठकले पढ्नै पर्ने तीन पुस्तक :

मोदी आइन्
मैले पढेका पुस्तकहरु मध्ये सबैभन्दा धेरै मन परेको पुस्तक विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास मोदीआइन् हो । महाभारतमा हामीले कौरव र पान्डवहरुको लडाईको बारेमा मात्र पढेका छौँ । उनीहरुको राजनीतिक चलखेलको बारेमा पढेका छौँ तर मोदीआइन यस्तो पुस्तक हो जसमा कुरुक्षेत्रमा लडाई गर्ने सीपाईहरुको श्रीमतीहरुको नजरबाट यो पुस्तक तयार पारिएको छ । त्यतिबेला कमाई गर्ने भनेको श्रीमान मात्र हुन्थे । श्रीमती घरमा मात्र सिमित हुन्थे । लामो समय कुरुक्षेत्रमा लडाई हुँदा उनीहरुले कसरी आफ्नो परिवारलाई जोगाए र कसरी बाँचे भन्ने संघर्षको बारेमा यो पुस्तकमा लेखिएको छ ।

सेतो धर्ती
सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति हो । यो पुस्तक मैले दुई पटक पढी सकेँ । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । यसमा एउटा विधवा नारीको कथालाई समेटिएको छ । ८ वर्षको उमेरमा विधवा भएकी एक महिलाले भोगेको दुःख र पीडालाई समावेस गरिएको छ । त्यती बेलाको समाजको सोचाईलाई उजागर गरिएको छ । यो किताब साहै्र मीठो र सजिलो भाषामा लेखिएको छ । त्यसैले यो पुस्तक पनि मलाई एकदमै मन परेको पुस्तक मध्ये पर्छ ।

कर्णाली ब्लुज
कर्नाली ब्लुज उपन्यास बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यो पुस्तक पनि मैले २ पटक पढिसकेँ । मलाई बुद्धिसागरको सरल लेखनशैली एकदमै मन पर्छ । यस उपन्यासमा पश्चिम नेपालको तराईको गाउँदेखि विकट जिल्ला कालिकोटको पहाडी परिवेशलाई समेटिएको छ । उहाँको लेखन शैलीले पाठकहरु यति धेरै प्रभावित हुन्छन् कि त्यो पात्र आफैँ भएको जस्तो अनुभव हुन्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested