English

आखिर फ्लाइट स्टाफमा धेरैजसो महिला नै किन हुन्छन् ?



के तपाईले हवाइजहाजमा यात्रा गर्नुभएको छ ? यदि छैन भने फिल्म वा ब्लगमा कसैले यात्रा गरेको देख्नुभएकै होला । यसमा तपाईले एउटा कुराको नोटिस गरेको हुनुपर्छ । यात्रुहरुको सहयोगको लागि राखिएका स्टाफमा महिलाको संख्या नै धेरै हुन्छ । यात्रुहरुको हरेक कुराहरुको ध्यान राख्नका लागि एयर होस्टेस राख्ने गरिन्छ । संसारभरका धेरै फ्लाइट अटेन्डेन्टको रुपमा पुरुष भन्दा महिलाहरु नै धेरै हुन्छन् । यो मात्रै होइन, विमान भित्र काम गर्ने क्रू मेम्बरमा पनि महिला नै धेरै हुन्छन् ।

फ्लाइट स्टाफमा महिलाहरुको सहभागिता किन बढी छ ? यो जान्ने चाहना अधिकांशलाई होला । तपाईलाई यसको कारण सुन्दरता भन्ने पनि लागेको होला । तर यस्तो भने केही पनि होइन । यो एउटा ठूलो साइकोलोजिकल फ्याक्ट छ कि,मानिसहरु पुरुषको तुलनामा महिलाको कुरा धेरै सुन्दछन् । त्यति मात्रै होइन, उनीहरुको कुरामा सहमति पनि जनाउँछन् । फ्लाइट्समा सेफ्टी गाइडलाइन्स र आवश्यक दिशा निर्देशको पालना गराउनु आवश्यक हुन्छ । त्यसैले फ्लाइट्समा अधिकांश एयरहोस्टेस नै यी सबै कुराको घोषणा गर्दछन् ।

Air Hostess

महिला धेरै हुनुको कारण एउटा यो पनि हो कि, उनीहरुको चरित्र पुरुषको भन्दा कोमल, उदार र विनम्र हुन्छ । यसले यात्रु र कम्पनीको सकारात्मक छवि बन्छ ।

एक विमानमा जति कम वजन हुन्छ, त्यति नै यसको इन्धन र पैसा बच्छ । यस्तो अवस्थामा महिलाको तौल पुरुषको भन्दा कम हुन्छ । यो कम्पनीको लागि फाइदाको कुरा हो । त्यसैले फ्लाइटमा दुब्लो र कम वजनकी महिलाहरु नै धेरै देखिन्छन् ।

अर्को मान्यता यो पनि छ कि, पुरुषको तुलनामा महिलामा प्रवन्धनलाई सम्हाल्ने क्षमता धेरै हुन्छ । उनीहरु कुनै पनि कुरा ध्यानपूर्वक सुन्छन् र पालना पनि गर्दछन् । त्यसैले पनि पुरुषको तुलनामा महिला धेरै हुन्छन् । एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested