English

‘कुनै नेपालीले नपाएको सम्मान बुबाले पाउनुभयो’



बेलायतले राजामहाराजाहरुले मात्र पाउने सम्मान एक नेपाली सिपाहीलाई उसको वीरताको प्रतिकस्वरुप दिएको छ । भिसी तुल बहादुर पुनले दोश्रो विश्वयुद्धमा गरेको योगदान र वीरताको प्रदर्शनबाट लोभिएको बेलायतले उनको नाममा रेल सञ्चालन गरेको हो । यो बेलायत सरकारले नेपालीहरुलाई गरेको हालसम्मकै ठूलो सम्मान हो । विदेशी रेलको नाम नेपालीको नामबाट राखिनुले फेरि एक पटक सारा नेपालीको छाति ढक्क फुलेको छ, शिर ठडिएको छ । विदेशी सञ्चारमाध्यमहरुमा उनको वीरता र नेपालीको साहसबारे पुनः एकपटक चर्चा चुलिएको छ ।

पुनको वीरगाथा बारे मेरोलाइफस्टाइले उनका छोरा अर्जुन पुनसँग गरेको कुराकानीः
बुबाको वीरगाथालाई कसरी सम्झनुहुन्छ ?

आज उहाँको कामले सारा नेपालीको शिर ठाडो भएको छ । बेलायत जस्तो विकसित देशमा एक सैनिकको नामबाट रेल सञ्चालन गरिनु सानो कुरा होइन । आजसम्म कसैले यस्तो सम्मान पाउनुभएको छैन । जो कि, बेलायतमा गोर्खाली सैनिकको नामबाट रेल चलोस् । बुबा पहिलो त्यस्तो व्यक्ति हुनुहुन्छ, जसको नामाकरणबाट रेल सञ्चालन भएको छ । पहिलो विश्वयुद्धदेखि अहिलेको ब्रुनई, इराक, अफगानस्तानको लडाईंसम्म आइपुग्दा १३ जना गोर्खा सैनिकले भिक्टोरिया क्रस पाउनुभएको छ । पछिल्लो समय ब्रुनेईको लडाईंमा राम बहादुर लिम्बू घिसीले पाउनुभएको थियो । बुबा २०११ मा बित्नुभएको हो ।

बुबाको भिक्टोरिया क्रस पाउने व्यक्तिहरुमा छुट्टै पहिचान बनेको छ । किनभने उहाँले गोर्खा समानता आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बुबाले लडाईका कुराहरु धेरै सुनाउनुहुन्थ्यो । यी कुराहरु धेरै लामो छन् । उहाँका भिडियोहरु मैले धेरै जम्मा गरेर राखेको छु । लण्डन गजेटमा प्रकाशित उहाँको वीरगाथा भन्दा कयौँ भयानक भीडन्तको कथा छ । उहाँले जापानी सैनिकसँग घाईते अवस्थामा पनि एक्लै लडेर जितेको कुराहरु रोचक छ । पुरानो मान्छे भएपनि नयाँ पुस्तासँग मिल्न सक्ने उहाँको व्यक्तित्व थियो । सामाजिक सेवाको कुरा गर्दा गाउँमा उहाँकै पहलमा बनेका दुई वटा स्कूलहरु सञ्चालित छन् । ती स्कूललाई हामीले पनि सहयोग गरिरहेका छौँ । उहाँ रिटायर्ड भएपछि पनि दुर्गम ठाउँमा धेरै विकासका काम गर्नुभएको छ । उहाँकै नाममा हामीले बेलायतमा तुल बहादुर पुन भिसी प्रतिष्ठान स्थापना गरेका छौं । त्यसैबाट केही कामहरु गरिरहेका छौँ । उहाँले सञ्चालन गर्नुभएको स्कूल अहिले एउटा मावि र अर्को निमावि भएर सञ्चालन भइरहेका छन् । गाउँमा अत्याधुनिक भवनहरु बनाएका छौँ, उहाँको नाममा बाटोहरु खनेका छौँ ।

उनको बुबा जेम्सले आफूलाई तुलबहादुर पुन भन्ने वीर योद्धाले बचाएकाले नै तँ जन्मिएकी होस् भनेका रहेछन् । त्यो कुरा जोआनाले सम्झिइन् । अनि मेरो बुबाले भिसा नपाएको कुरा उनले मिडियामा बोलेपछि ठूलो चर्चा भयो ।

तपाईकोको परिवारसँग यतिबेला बेलायती अभिनेत्री जोआना लुम्ले जोडिएकी छिन् ? यो संयोग कसरी जुर्यो ?

बुबाको नेतृत्व भूमिकासँग जोडिएको अवस्थामा बेलायतको चर्चित अभिनेत्री तथा समाजसेवी जोआना लुम्ले जोडिनुभएको हो । जोआनाको बुबा मेजर रुथोर्डफोर्ड जेम्स लुम्ले मेरो बुबाको साथी हुनुहुन्थ्यो । बुबा भर्खर २१ वर्षको राइफल म्यान हुनुहुन्थ्यो । त्यतिबेला अभिनेत्री लुम्लेको बाबा जवानीमै कम्पनी कमाण्डर हुनुहुन्थ्यो रे । उहाँको नेतृत्वमा दोस्रो विश्वयुद्धमा बर्माको मगाउ भन्ने ठाउँमा युद्धमा खटिएको अवस्थामा त्यहाँ भीषण युद्ध भएको कुरा बुबाले सुनाउनुहुन्थ्यो ।

त्यतिबेला आफ्ना धेरै साथी योद्धाहरुले वीरगती प्राप्त गरिसकेको अवस्था र कम्पनी कमाण्डर पनि गोली लागेर घाईते भएका थिए । त्यस्तो अवस्थामा कम्पनी कमाण्डरलाई बोकेर सुरक्षित स्थानमा राखेपछि आफू फेरि आएर जापानी सबै सेनालाई परास्त गर्नुभएको थियो रे । पछि उद्धार टोलीले खोज्दै जाँदा उहाँलाई भेट्टाएर आपत्कालिन कक्षमा करिव १ वर्षको सघन उपचारपछि सन्चो हुनुभएको थियो रे । सन्चो भएपछि पल्टन फर्किएपछि इण्डियाको कश्मीरमा पल्टन रहेको अवस्थामा अभिनेत्री जोआना लुम्ले जन्मिनुभएको हो । त्यतिबेला देखि नै उहाँसँग पारिवारिक सम्बन्ध विकास हुँदै आएको थियो ।

ट्रेनको साइटमा बुबा र क्रस खुकुरीको फोटोसहित वहाँको नाम राखिएको छ । यसले गर्दा हामी परिवारले अत्यन्तै गौरवान्वित र हर्षित भएका छौँ । तर, यो हर्ष, गौरव हामी सबै नेपालीको हो । २०६ वर्षसम्म बेलायतमा आएर युद्ध गरेका सबै गोर्खालीहरुको सम्मान हो ।

बुबालाई बेलायतले यति ठूलो सम्मान किन दियो जस्तो लाग्छ ?

बुबा गोरखा असमानता आन्दोलनसँग जोडिएर आउने क्रममा बेलायती दूतावासले भिसा नदिँदा बेलायतका अधिकांश सञ्चारमाध्यमले तुल बहादुर पुन जस्तो वीर व्यक्तिलाई भिसा नदिएको भन्दै समाचार बनाए । त्यो समाचार जोआनाले पनि हेरिन् ।

उनको बुबा जेम्सले आफूलाई तुलबहादुर पुन भन्ने वीर योद्धाले बचाएकाले नै तँ जन्मिएकी होस् भनेका रहेछन् । त्यो कुरा जोआनाले सम्झिइन् । अनि मेरो बुबाले भिसा नपाएको कुरा उनले मिडियामा बोलेपछि ठूलो चर्चा भयो । त्यहाँका जनताले दुतावासले माफी मागेर एक हप्ताभित्र तलुबहादुरलाई बेलायत आउने वातावरण मिलाउनुपर्छ भनेपछि बुबा बेलायत आउनुभयो । त्यो सँगै बुबालाई भिसीको उपाधि दिने घोषणा बेलायत सरकारले गर्यो । बेलायतलाई योगदान गर्ने व्यक्तिहरुको इतिहास अझै अमर रहोस् भन्ने हिसावले अहिलेको रेल कम्पनी ग्रेट वेस्टर्न रेल्वेले तुलबहादुर पुनको नाममा रेल चलाउने घोषणा गरेको हो ।

बेलायतमा अरु विदेशीको नामबाट पनि रेल चलेका छन् ?

छैन । पहिलो नै बुबा हो । गत वर्ष युद्धको ७५ औं वर्षगाँठको अवसरमा घोषणा भएको थियो । तर, कोभिड–१९ को कारण कार्यक्रम हुन सकेको थिएन । अहिले अलि खुकुलो भएपछि २३ जूनमा बुबाले भिक्टोरिया क्रस पाउनुभएको दिनलाई उपर्युक्त ठानेर छोटो, मिठो तरिकाले कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा को–को उपस्थित थिए ?

वीरगेट अफ गोर्खाजका एकदमै ठूला व्यक्तित्व कर्णेल जर्नेल साबहरुदेखि लिएर बेलायतकी चर्चित अभिनत्री जोआना लुम्ले सहित धेरै अभियन्ताहरु आउनुभएको थियो । ट्रेनको साइटमा बुबा र क्रस खुकुरीको फोटोसहित वहाँको नाम राखिएको छ । यसले गर्दा हामी परिवारले अत्यन्तै गौरवान्वित र हर्षित भएका छौँ । तर, यो हर्ष, गौरव हामी सबै नेपालीको हो । २०६ वर्षसम्म बेलायतमा आएर युद्ध गरेका सबै गोर्खालीहरुको सम्मान हो । र, यो गोर्खाहरुसँग जोडिएको हाम्रो नेपाल र नेपालीको सम्मान पनि हो ।

यति ठूलो सम्मानपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

कार्यक्रमपछि धेरैले यसलाई प्राथमिकता दिनुभएको छ । समाचारहरु धेरै नै आएका छन् । के हो, कस्तो हो ? भन्ने कुराहरु आइरहेको छ । जे होस् बेलायत सरकारले ढिलै भएपनि एउटा गोर्खालीको इतिहासमा नाम रहने गरेर ठूलो काम गरेको छ ।

आमा चाहिँ कता हुनुहुन्छ नि ?

आमा यतिबेला बेलायतमा हुनुहुन्छ । हामी ८ छोरी र २ छोरा हौँ । जसमध्ये हामी ८ जना बेलायतमै छौं । २ जना दिदीबहिनी हङकङमा हुनुहुन्छ । आमा ८२ वर्ष पुग्नुभयो । अस्ति कार्यक्रममा आमा होलि डेमा गएकाले लैजान सम्भव भएन । दिदी र म कार्यक्रममा गएका थियौं ।

यो पनि पढ्नुहोस्
बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन
आखिर के छ, हङकङमा ?
हङकङमा कोरोनाको प्रभाव, न्यूनीकरण र रोकथामका प्रयास
समाजसेवा नै कमलाको उपलब्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,