के हो ताण्डव नृत्य ?



डा.गुरुप्रसाद सुवेदी
प्राचार्य, महेश संस्कृति गुरुकुल विद्यापिठ

भरतनात्य शास्त्रमा नृत्यशास्त्र प्रसिद्ध छ । एकजना चन्दी नाम गरेका व्यक्तिले नृत्यसम्बन्धि नृत्यशास्त्र प्रतिपादन गरेका छन् । शास्त्रमा उल्लेख गरेको चन्दिका नाच्ने सिद्धान्त र कलालाई ताण्डव नृत्य भनिएको हो ।

भगवान शिवको ताण्डव नृत्य र अरु नृत्यमा भिन्नता छ । अरु नृत्यमा अनुशासनका साथै ताल र सुरको आवश्यकता पर्छ । ताण्डव नृत्य स्वतन्त्र र उन्मुक्त हुन्छ । यो नृत्यमा कुनै बन्धन र सिमा हुँदैन । खुलेर मस्त तरिकाले नृत्य गरिन्छ । यसलाई नै ताण्डव नृत्यको सामान्य आधारभूत सिद्धान्त भनिन्छ । भगवान शिवजी हामीले बनाएका सिद्धान्त र सिमाभित्र रहेर नाच्नु भएको होइन । उहाँ स्वतन्त्र रूपमा खुलेर नाच्नु भएको थियो भन्ने अर्थमा ताण्डव नृत्य नाम दिइयो ।

शिवजीले जसरी नाच्नु भयो त्यो नृत्य उन्मुक्त नृत्य हो भन्ने अर्थ चन्दी ऋषिले नाम दिएर ताण्डव नृत्य भनिएको हो । शिवजी नाच्नुको अर्थ एउटा शिव तत्व सर्वत्र संसारमा व्याप्त छ । सृष्टि हुनुपूर्व पनि शिव छ र शिव तत्व सर्वत्र व्याप्त छ । सर्वत्र शिव तत्व नै नृत्य गरिरहेको छ, देखा परिहेको छ भन्ने अर्थमा वेद र उपनिषद्का मन्त्रहरूले संकेत गरेपछि प्रयोजनको रूपमा भनियो ।

पुराणमा उल्लेख भएअनुसार शिवले जुन ढंगले नाच्नु हुन्थ्यो । त्यो नृत्य उन्मुक्त हुन्थ्यो । त्यस नृत्यमा कुनै सिमा, संकोच, बन्धन केही पनि हुदैनथ्यौं । कुनै ताल, सुर जस्ता नृत्यका अनुशासन हुदैनथ्यो । शिवको उन्मुक्त नृत्य वा शिवले आफ्नै ढंगमा गर्ने नृत्यको अर्थ नै ताण्डव नृृत्य हो ।

ताण्डव नृत्य गर्न शिरमा गंगा बगेको र चन्द्रमा लगाईन्छ । घाँटीमा रुद्राक्षको माला र सर्पको माला लगाइन्छ । पाखुरामा पनि सर्पको माला लगाइन्छ । कानमा कुण्डल लगाउने र यज्ञपत्र नेर तेस्रो नेत्र बनाइन्छ । मृगको छाला जिउमा बाँधिन्छ । साथै, हातमा डमरु, त्रिशुल लिएर नृत्य गरिन्छ ।

रावणद्वारा रचित शिव ताण्डव स्तोत्रः को मूल कहाँ हो ? यसबारे खोजीक्रम जारी छ । शिव ताण्डव स्तोत्रः रावणको रचना हो भन्ने पुस्तकमा स्पष्ट रूपमा उल्लेख भएको छैन । तर भारतका पुस्तकालयमा संगृहित पुस्तकमा उल्लेख भएअनुसार रावणद्वारा रचित ताण्डव स्तोत्रः मा दुई वटा विशेषता उल्लेख छन् । रावणको बोलीको शैली र शब्दावलीको श्लोक बनाई उन्मुक्त ढंगको शिवको नृत्यका लागि भन्ने अर्थमा ताण्डव स्वात्र भनियो । यसमा खुल्ला नाच हँुदाको स्वरूपको वर्णन गरिएको छ

जटाकटाहसम्भ्रमभ्रमन्निलिम्पनिझरी ।
विलोल्लवीचिवल्लरी विराजमान मूर्धनी ।।

यसको अर्थ भगवान शिवजीको जटाभित्र गंगाजीको लहरी देखिएको संकेत गरिएको हो । तर ती भनाईहरूका शब्द प्रयोग जटिल बन्यो, जसकारण ताण्डव नृत्य गरिएको जस्तो देखिन्छ । शब्द संरचनाको विशेषता र शिवजीको उन्मुक्त नृत्यको वर्णन भएकाले ताण्डव स्वात्रमः भनिएको हो । शिवको नाच भैसकेपछि रावणको स्वात्रको वर्णन भएको हो ।

शिवले ताण्डव गर्ने समय हुदैन तर भनाई छ, प्रलयको समयमा शिवको ताण्डव नृत्य हुन्छ । सृष्टिको आरम्भको अगाडि नै भगवान शिवजीको नृत्यको भइरहेको भनिन्छ ।

महेश गोदार, नृत्य निर्देशक

ताण्डव नृत्य गर्ने कुनै समय छैन । तर भगवान शिवले यो नृत्य गर्ने भएकाले शिवको विशेष दिनमा नाचिन्छ ।

पौराणिक कथाअनुसार त्रिपुरासुर राक्षसलाई वध गर्ने बेलामा भगवान शंकरले वीर रस र रौद्र रस प्रकट गरेर नृत्य गरेका थिए, जसलाई शिव ताण्डव भनिन्छ । भगवान शंकरले नै ताण्डव नृत्यको सुरुवात गर्नु भएको हो । यस नृत्यमा क्रोध, अहङ्कार भरिएकाले यो नृत्य पुरुषप्रधान नृत्य हो ।

ताण्डव नृत्य गर्न शिरमा गंगा बगेको र चन्द्रमा लगाईन्छ । घाँटीमा रुद्राक्षको माला र सर्पको माला लगाइन्छ । पाखुरामा पनि सर्पको माला लगाइन्छ । कानमा कुण्डल लगाउने र यज्ञपत्र नेर तेस्रो नेत्र बनाइन्छ । मृगको छाला जिउमा बाँधिन्छ । साथै, हातमा डमरु, त्रिशुल लिएर नृत्य गरिन्छ । यस नृत्यमा चार किसिमका मुद्राहरू अभङ्गा, सभङगा, त्रिभङगा र अतिभङ्गा हुन्छन् । बाद्यवादनमा डमरु, शंख, घन्टी र विशेष गरेर मृदङ्ग बज्छ ।

ताण्डव नृत्यका विभिन्न १६ प्रकार हुन्छन् । सम्भर ताण्डव, त्रिपुरा ताण्डव, कालिका ताण्डव, सध्य ताण्डव र गौरिका ताण्डव गरी यी पाँच ताण्डव नृत्य विशेष मानिन्छन् ।

ताण्डव नृत्य गर्नेे कुनै समय छैन । तर भगवान शिवले यो नृत्य गर्नेे भएकाले शिवको विशेष दिनमा नाचिन्छ । शिवरात्री शक्तिको रात्री भएकाले यो दिन भक्तहरूले ताण्डव नृत्य गरेको पाइन्छ । यो नृृत्य गर्न कुनै विधि विधान नचाहिने भएपनि भक्तिभाव अनिवार्य चाहिन्छ । शिव ताण्डव नृत्यमा वीररस भएकाले माहिलाले यो नृत्य गरे पनि शिवकै भेषमा नाच्ने गरेको पाइन्छ ।

महेश प्रकाश हाडा, शास्त्रीय नृत्य प्रशिक्षक

ताण्डव, शास्त्रमा आधारित नृत्य हो । रौद्र र क्रोध स्वाभावले नाचिने नाच हो यो । शिव भगवानले नाच्ने नृत्यलाई शिव ताण्डव नृत्य भनिन्छ । पौराणिक कालमा शिवजीले आफ्नो क्रोध र खुशी ताण्डव नृत्यबाट नै प्रस्फुटन गर्ने गर्थे । रावणले रचना गरेको ताण्डव स्वत्रभन्दा पहिलेदेखि शिव ताण्डव भएको पौराणिक कथामा उल्लेख छ ।

रावणले युद्ध गर्दा पुज्ने देवता वा प्रिय देवता शिव हुन्, यसकारणले रावणले ताण्डव स्वत्रको रचना गरेका हुन् । शिवले त्रिपुरासुर राक्षसलाई वध गर्ने बेलामा ताण्डव नृत्य गरिसकेपछि रावणले ताण्डव स्वत्रको रचना गरेका हुन् । पार्वती, गणेश लगायतका देवताले गर्ने नृत्यलाई ताण्डव नृत्य भनिदैन ।
ताण्डव नृत्य त्रिशुल र डमरु बोक्दै, यसको ताल र सुरमा क्रोध र अहङ्कार देखाउँदै नाच्ने गरिन्छ । शरीरमा भएको सबै शक्तिको प्रयोग गरी नाचिने भएकाले यो नृत्यलाई उच्चकोटीको नृत्य मानिन्छ ।

प्रस्तुतिः सरिता थारू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्

कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी

आकस्मिक गर्भनिरोधक साधनको प्रयोग असुरक्षित यौनसम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका

नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही