English

गायिका पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक (भिडियो)



गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली ‘तिम्रो तृष्णा’ लिएर दर्शक र स्रोता सामु आएकी छिन् । एक दशक अघि ‘प्यास’ नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् ।

पछिल्लो समय विकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ ।

यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।

नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिई सकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् । प्रवासमा रहेर आफूलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामाी दिनमा सांगीतिक छेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् ।

नेपाल पाँचथरमा जन्मिएर हाल बेलायतमा पल्टने जीवन बिताई रहेकी पारु राई करिब ९ वर्ष देखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested