English

मेराकी रिट्रिटमा प्राकृतिक उपचार देखि अर्गानिक खाना



काठमाडौंको कोलाहालयुक्त वातावरणबाट एकैछिन् भए पनि मुक्ति पाउने हो भने अब धेरै टाढा जानु पर्दैन । काठमाडौंको महाराजगन्जबाट साढे ७ किलोमिटर उत्तरमा अवस्थित मेराकी वेलनेस रिट्रिटमा प्राकृतिक उपचारदेखि अर्गानिक परिकारको समेत स्वाद चाख्न पाइन्छ ।

काठमाडौंको बूढानीलकण्ठ ठूलोगाँउस्थित मेराकी स्ट्रिट १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । निकै शान्त वातावरणयुक्त मेराकी जंगलको फेदमा छ जहाँ सहरी आधुनिकता, भीडभाड र प्रदूषण छैन । चौधरी ग्रुपको १० करोड लगानीमा संचालनमा आएको ‘मेराकी वेलनेस रिट्रिट’ मा स्वास्थ्य र व्यायमका साथै गुणस्तरीय परिकारको व्यवस्था रहेको छ । बूढानीलकण्ठ मन्दिरबाट करिब डेढ किलोमिटर कच्ची बाटो उकालो लागेपछि मेराकी पुग्न सकिन्छ जहाँबाट राजधानीको दृश्यावलोकनसमेत गर्न सकिन्छ ।

यहाँ दुईवटा पुराना शैलीको भवनलाई आधुनिक डिजाइनमा प्रयोग गरिएको छ । जसमा उच्चस्तरीय स्पा थेरापी सेन्टर, अक्सिजन सेन्टर, नुनको माध्यमबाट शरीरका विकार निकाल्ने विधिहरू रहेको छ ।


चौधरी ग्रुपले अर्गानिक फार्म हाउसका रूपमा प्रयोग गर्दै आएको हाउसलाई नै व्यवसायिक रूप दिएको हो । मेराकीमा प्राकृतिक उपचारका विभिन्न विधि अपनाइएको छ, जसअन्तर्गत हाइबरब्यारिक ओटु चेम्बर, कोलोन हाइड्रो थेरापी, साल्ट हेलोथेरापी, साउना स्टिम तथा हट कोल्ड वाटर थेरापीजस्ता सेवा उपलब्ध छन् ।


मेराकीले २५ सयदेखि १० हजारसम्मका प्याकेजमा सेवा प्रदान गरिरहेको छ । एक दिनमा १६ जना बस्न पुग्ने मेराकीमा ३० जनासम्मलाई स्पा र आधुनिक थेरापी उपलब्ध गराउन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested