यसरी बनाउनुस खाप्से ।



खाप्से तामाङ र शेर्पा समुदायको परम्परागत परिकार हो । यो मैदाबाट तयार गरिन्छ । खाप्से राम्ररी प्याकिङ गरेर राखेमा एक महिनासम्म चिया र दुधसँग खान सकिन्छ । अहिले बन्दाबन्दीका कारण पसलहरु बन्द छन् । त्यसैले घरमै खाप्से बनाएर खान सकिन्छ ।

आवश्यक सामग्री

– ३ कप मैदाको पिठो
– घ्यु ३ देखि ५ चम्चा
– आधा कप मन तातो पानी
– आधा कप दुध
– आवश्यक अनुसार तेल
– भाडा, चौकी र बेल्ना

बनाउने विधि

– भाडामा तीन कप मैदा लिनुहोस् ।
– मैदामा घ्यु राख्नुहोस र राम्रोसँग मोल्नुहोस् ।
– मोलिसके पछि फेरि दुध राखेर राम्ररी मोल्नुहोस् ।
– मैदामा घ्यु र दुध मोलिसकेपछि मनतातो पानी राखेर मज्जाले मिच्नुहोस् ।
– पिठो तयार भैसकेपछि २० देखि ३० मिनेट छोपेर राख्नुहोस् ।
– रोटी बेलेको जस्तै बेल्नुहोस् ।
– बेलेको रोटीलाई इच्छा अनुसारको आकार र डिजाइन बनाउनुहोस् ।
– तयार भएको खापसेलाई तेलमा तार्नुहोस् ।
– खैरो रंग नहुुँदासम्म पकाउनुहोस् ।
– खापसे तयार भयो ।
– यसरी तयार भएको खापसेलाई एक महिनासम्म खान सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

मानिसको मुखमा ३२ वटा दाँत हुन्छ । वयस्कतामा, अधिकांश मानिसहरूले २८ दाँतहरू विकास गर्छन्। १७ देखि २१ वर्षको उमेरमा, बङ्गाराको

मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ। फलफूलले शरीरलाई पोषण दिन्छ। फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा

तौल बढ्नु अहिलेको समयको सामान्य समस्या हो । यसका धेरै कारण हुन सक्छन् जस्तै जीवनशैली, खानपान वा धेरै अन्तर्निहित स्वास्थ्य