English

नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक



नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत् ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो ।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ । बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी इ–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ । यो सेल–टू–प्याक (सिटिपी) प्रविधिमा आधारित छ ।

अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ । यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ ।

यो गाडी पूर्ण रूपमा विद्युतीय हो । कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमी छोडेको छैन । विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ ।

यो ह्याचब्यागमा २ हजार ७०० एमएम ह्विलबेस प्रदान गरिएको छ । यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ । यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ ।

यसले गाडी चालकको कार्य सम्पादनमा धेरै सुधार गर्छ । साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ । कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली रहेको कम्पनीले बताएको छ ।

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ । यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ ।

यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यु जस्ता फिचरहरू पनि समावेश गरिएको छ । यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र

Latest










Popular
Suggested