English

नाडा अटो शोमा सुजुकी कार खरिद गर्ने ग्राहकलाई विशेष छुट



नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने भएको छ ।

उक्त योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागु हुने जनाईएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लघु हुनेछन् । नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

यो पनि…
नाडा अटो शो : ‘सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ’
नाडाको नयाँ नेतृत्व : गन्तब्यमा पुगोस्, बीच बाटोमै नअलमलियोस्



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested