English

बिवाईडीको नयाँ शोरुम अब सल्लाघारीमा



बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।

शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरू माझ बढ्दै गएको बिवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा आफू निकै उत्साहित भएको र ग्राहकहरूको बढ्दो मागलाई परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाईडी प्रतिबद्ध रहेको बताए ।

नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको जनाएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको कम्पनीले उल्लेख गरेको छ ।

बीवाइडीले नेपालभरि आफ्नो सञ्जाल विस्तार गरिरहेको र वीरगन्ज र जनकपुरमा पनि डिलरहरू नियुक्त गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त स्थानका शोरुमहरु पनि चाँडै नै सञ्चालनमा आउनेछन् ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested