English

माइग्रेनबाट छुटकारा पाउन घरमै यसो गर्नुहोस्



माइग्रेन सामान्य टाउको दुखाइ होइन, यदि तपाईँले यो अनुभव गर्नुभएको छ भने थाहा पाउनुहुनेछ कि यसमा वाकवाकी लाग्ने, उज्यालो प्रकाश वा आवाजप्रति संवेदनशीलता, धमिलो हुने र गम्भीर टाउको दुख्ने जस्ता समस्याहरू हुन्छन् । जब माइग्रेन आक्रमण हुन्छ, हामी यसलाई निको पार्न जे पनि गर्न तयार हुन्छौ ।

यस्तो अवस्थामा प्राकृतिक उपचारले माइग्रेनको लक्षण कम गर्न निकै सहयोगी हुन्छ । तर यो पनि जान्नु आवश्यक छ कि यदि यो असहनीय हुँदै गइरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ । त्यसैले माइग्रेनबाट छुटकारा पाउने केही घरेलु उपायहरू यस प्रकार छ :

कफी पिउनुहोस्

शरीरमा रहेको क्याफिनको थोरै मात्राले माइग्रेनको दुखाइमा राहत दिन्छ । यस्तो अवस्थामा तपाईँले कालो कफी पिउनुपर्छ । तर कहिलेकाहीँ धेरै क्याफिन सेवन गर्दा पनि माइग्रेन हुन सक्छ ।

लेभेन्डर तेल

अनुसन्धानले पत्ता लगाएको छ कि माइग्रेन दुखाईकन बेला लेभेन्डर तेल सुँघ्नु भयो भने, यसले १५ मिनेटमा केही प्रभाव देखाउँछ । यस्तो अवस्थामा तपाईँले यसलाई सिधै वा रुमालमा राखेर सुँघ्न सक्नुहुन्छ ।

पुदिना

माइग्रेनको समस्या सुरु भएको छ भने तपाईँले एकै समयमा पुदिनाको तेल सुँघ्नु भयो भने, यसले दुखाई बढ्नबाट रोक्न सक्छ ।

दालचिनी

दालचिनीले माइग्रेनको असहनीय पीडाबाट पनि राहत दिन्छ । यसलाई डेकोक्शनको रूपमा वा यसको पेस्ट टाउकोमा लगाउनाले आराम पाउन सक्नुहुन्छ ।

अदुवा

माइग्रेनको दुखाइ सुरु भयो भने अदुवाको टुक्रा मुखमा चपाउनुहोस् । आराम पाउनुहुनेछ । यसलाई चियाको रूपमा पनि पिउन सकिन्छ ।

यो पनि…
निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
दौडनुअघि जान्नुहोस् यी १० नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested