English

सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)



त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज क्वीन’ को रूपमा परिचित गायिका सुनिता दुलालको ‘पियारी’ ले यस्तो माहौंल बनाएको हो । तीजको छेको पारेर हरेक वर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी उनले यस वर्ष पनि तिज गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिकरण समारोहमा अग्रज कलाकार निर शाह, लक्ष्मी गिरी, प्रेम राजा महत, तारा थापा, देविका बन्दना, माण्डवी त्रिपाठी, भगवान भण्डारी देखि रचना रिमालजस्ता उदयमान कलाकारहरू समेत उपस्थिती थियो । लाग्थ्यो यसै दिन माइती पक्षले छोरीहरूलाई दर खान बोलाएका छन् ।

तीजलाई अभिव्यक्त गर्ने एउटा सुन्दरतम तरिका अपनाइएको यस गीतले समग्रमा नेपाली आत्मा बोकेको छ ।

‘तीजलाई अभिव्यक्त गर्ने एउटा सुन्दरतम तरिका अपनाइएको यस गीतले समग्रमा नेपाली आत्मा बोकेको छ’ कलाकार निर शाहले गीतबारे यसो भन्दा भरिभराउ हलमा तालिको पर्रा छुटे । नाम चलेको गीतकार दीपक शर्मा, निर्देशक गम्भीर बिस्ट र गायिका सुनिता दुलालले गाउनु पर्ने गीत यस्तै हुनुपर्ने उनको भनाई थियो ।

यो गीत मात्र नभएर दिदी बहिनी र परिवार समाजमा कसरी मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको छ ।

गायिका दुलालको सभ्यता र शिष्टताबाट प्रभावित भएर एक कल फोनको भरमा नै उक्त गीतमा अभिनय गर्न मन्जुर भएको कलाकार लक्ष्मी गिरीले बताइन् । ‘यो गीत मात्र नभएर दिदी बहिनी र परिवार समाजमा कसरी मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको छ’, उनले थपिन् ।

सोही समारोहमा गायिका दुलालले विभिन्न विधाका ९ नारी लक्ष्मी गिरी, पल्पसा डंगोल, राष्ट्रिय लोकदोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापा मगर, गायिकाहरू तारा थापा, देवीका वन्दना, मान्डवी त्रिपाठी, रचना रिमाल, पूर्व मिस नेपाल उषा खड्गी, मिसेस् नेपाल–बेस्ट पर्सनालिटी लक्ष्मी जोशीलाई तीजको शुभकामनासहित विशेष सम्मान गरिन् ।

संचारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ, डब्लुडब्लुएफका नेपाल प्रमुख घनश्याम गुरुङ, एआईजी टेक बहादुर तामाङ, पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ लगायतको उपस्थिती थियो ।

निर शाह र लक्ष्मी गिरीको विशेष भूमिका रहेको पियारीम गायिका दुलालसँगै अभिनेत्री दीपाश्री निरौला, मोडल लक्ष्मी जोशी लगायतको अभिनय रहेको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ–मास्टरिङको काम गरेका हुन् । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । गीत सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियाे:

यो पनि…
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested