English

विद्यालय जान थालेका बालबालिकाको कोठाको सजावट



धेरैजसो घरहरूमा बच्चाहरूका लागि छुट्टै कोठाहरू बनाइएको हुन्छ जहाँ उनीहरू पढ्न, खेल्न र सुत्न सक्छन् । यस्तो अवस्थामा अभिभावकलाई बच्चाहरूको कोठाको सेट बनाउन धेरै गाह्रो हुन्छ, तर जब उनीहरूले बच्चाहरूको कोठा सजाउनको लागि केही आइडिया लिन सक्छन्, त्यसले उनीहरूलाई पढाइको अनुभूति गराउँछ । तपाईँको बच्चाको कोठाको लुक पनि निकै सुन्दर देखिन्छ ।

–यदि तपाईँको बच्चा विद्यालय जान्छ भने, तपाईँ उसको कोठामा किताबहरू र अन्य शिक्षा सम्बन्धित चीजहरू राख्नको लागि ¥याक बनाउन सक्नुहुन्छ।

–बालबालिकाको कोठाको भित्तालाई इन्द्रेणी वा अन्य रङ्गिन चित्र बनाएर पनि आकर्षक बनाउन सकिन्छ ।

–यदि तपाईँ आफ्नी छोरीको लागि कोठा सजाउँदै हुनुहुन्छ भने, त्यसलाई गुलाबी लुक दिन सक्नुहुन्छ । फेयरी लाइटिङ्ग र इनडोर बिरुवाहरूसँग कोठा को वातावरण सकारात्मक बनाउन सक्नुहुन्छ ।

–बालबालिकाको कोठामा फलफूल र एबीसीडी अङ्ग्रेजी वर्णमालाको तस्बिर राख्नाले उनीहरूको पढाइमा मद्दत मिल्छ ।

–बच्चाहरूलाई विभिन्न जनावरहरूसँग परिचय गराउन कोठा विभिन्न जनावरको फोटो तथा पोस्टरहरू सजाउनु राम्रो हुन्छ ।

–कोठालाई आकर्षक बनाउन स्टाइलिस बत्तीहरू पनि जडान गर्न सकिन्छ। साथै खेलौनाले पनि राम्रोसँग कोठा सजाउन सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested