यसरी नेपालमय बन्यो बेलायत (फोटो फिचर)



शनिबार वेल्सको ब्रेकनस्थित पेनी फेन हिल नेपालमय बन्यो । नेपाल, बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरूले हरियो पहाड पुरै राताम्य देखिएको थियो । हावाको सुसेलीसँगै डेढ सयभन्दा बढी नेपाली पेनी फेन हिल छिचोल्दै थिए । त्यसो त क्याम्पिङ साइटमा शुक्रबार साँझदेखि नै नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायतका विभिन्न गतिविधिले नेपालमै भए झैँ आभास दिलाएको थियो ।

यो माहौल सामाजिक क्षेत्रमा सक्रिय संस्था वि विल राइज फाउन्डेसन (हामी उठ्ने छौँ) र पोखरेली मञ्च युकेको सक्रियतामा आयोजना गरिएको ‘हाइक फर नेपाल’ अर्थात् नेपालका लागि पदयात्राको पाँचौँ संस्करणले जुराएको हो । भूकम्पपछि थलिएको नेपालको पर्यटन उकास्न सघाउ पुर्याउने उद्देश्य ले ‘हाइक फर नेपाल इन हङकङ’ शीर्षकमा सन् २०१६ मा हङकङबाट सुरु गरिएको थियो । यस वर्षको कार्यक्रम जुलाई २८ देखि ३० सम्म आयोजना गरिएको थियो ।

बालकदेखि वृद्धसम्मका सहभागी भएको झन्डै तीन घण्टा लामो हाइकिङ सुरु हुनु पूर्व स्थानीय ब्रेकन बरोका डेपुटी मेयर जोन पावेल, ब्रेकन–धम्पुस ट्विन्ड एसोसिएसन अध्यक्ष डेभिड मेरडिथ, ‘ वि विल राइज फाउन्डेसन’ का अध्यक्ष तुलसीकुमार गुरुङलगायतले शुभकामना दिएका थिए । सोही क्रममा पोखरेली मञ्च युकेका अध्यक्ष गुरुङले ‘हाइक फर नेपाल’ सिङ्गो नेपालको पर्यटन तथा मौलिक कला, संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेकाले सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आव्हान गरे भने, हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास गराएका थिए ।

कार्यक्रममा स्थानीय बेलायती अतिथिहरूका साथै नेपाली भिलेज युकेका म्यानेजिङ डिरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ, मञ्चका पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल, भ्लगर सपना रोका मगर, व्यवसायी सूर्य गुरुङ, सहयोगी रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खड्कालगायतलाई आयोजकले सम्मान गरेको थियो ।

कार्यक्रमको अन्तिम दिन आइतबार वेल्समा निर्माण हुँदै गरेको ‘नेपाली भिलेज युके’ को अवलोकन भ्रमण गरिएको थियो । बेलायतवासी सयौँ नेपालीको सामूहिक लगानीमा स्थापित भिलेजमा नेपाली मौलिक शैली र संस्कृति, सभ्यता झल्काउने गाउँ अहिले निर्माण प्रक्रियामा छ ।

भूकम्प पीडितहरूको सहयोगार्थ सुरु भएको ‘हामी उठ्नेछौ’ अभियानले पछिल्लो समय सामाजिक संस्था वि विल राइज फाउन्डेसनको रूप लिएको छ । संस्थाले स्वदेश एवं विदेशमा समेत विभिन्न उत्प्रेरणामूलक गतिविधिहरूलाई निरन्तरता दिँदै आइरहेको छ ।

यो पनि…
नेपालका लागि लण्डनमा ‘हाइक फर नेपाल’
साल्मेले देखाएको पर्यटकीय सम्भावना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही