English

सर्लाहीमा नेपालकै पहिलो बालिका सम्मेलन



सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित जनकपुरमा नेपालमै पहिलो बालिका सम्मेलन भएको छ । नेपालका ७५३ वटा पालिकामध्ये चन्द्रनगर नै बालिका सम्मेलन आयोजना गर्ने पहिलो पालिका बन्न सफल भएको हो ।

शनिबार पालिका अध्यक्ष राज कुमार महतोको अगुवाइमा भएको कार्यक्रममा मुसहर समुदायका विभिन्न व्यक्तित्वहरूले राजनैतिक दल र जनप्रतिनिधि बीचको आन्तरिक द्वन्द्व र खिचातानीले गर्दा पूर्वनिर्धारित योजना अनुसार कार्यक्रम सञ्चालन गर्न नसकेकोमा असन्तुष्टि र दुखेसो प्रकट गर्दै जनताको भावनासँग यसरी खेलबाड नगर्न चेतावनी दिएका थिए । गत वर्षको वार्षिक कार्य योजनामा समावेश गरिएका कार्यक्रमहरू जस्तै छात्रवृत्ति वितरण कार्यक्रम यथाशक्य शीघ्र कार्यान्वयन गर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले बालिका अथवा महिलाहरूको घर घरमा मर्यादित जीवन जिउन सक्ने वातावरण नभएकोले आफ्नो पालिकामा मात्रै नभै मधेस प्रदेशमै महिलाहरू पछाडि परेको तथ्य प्रस्ट पारे । उनले आगामी वार्षिक योजनामा मर्यादित महिनावारी अभियानलाई समावेश गर्दै आफ्नो पालिका उत्कृष्ट पालिका बनाउने प्रतिबद्धता जाहेर गरे ।

मर्यादित महिनावारी अभियानका प्रणेता एवं लेखक डा. राधा पौडेल ( एजम ) ले मर्यादित महिनावारी राजनैतिक अधिकार भएकोले स्थानीय सरकारले मर्यादित महिनावारीलाई पालिकाको आवधिक तथा वार्षिक कार्यक्रममा समावेश गरी पालिकालाई मर्यादित महिनावारी मैत्री पालिका बनाउन आव्हान गरीन् । त्यस्तै, बेलायतबाट राधा पौडेल फाउन्डेसनमा मर्यादित महिनावारीमा इन्टर्नसिप गर्न आएकी बिद्यावारिधीकी विद्यार्थी अबिगेल लेनोक्सले लैङ्गिक समानताका लागि घर, स्कुल र सबै किसिमका कार्यालयहरूमा मर्यादित महिनावारीको सम्बन्धमा छलफल, बहस र कुराकानी गर्नुपर्ने आजको आवश्यकतामाथि प्रकाश पारेकी थिइन् ।

यस्तै मर्यादित महिनावारी युके च्याप्टरकी संयोजक तथा सञ्चार अभियन्ता सुधा गुरुङले महिनावारी विभेदले घरैदेखि छोरा र छोरी बिचमा भेदभावको खाडल खडा गर्दै बाल विवाह, बलात्कार, हिंसा निम्त्याउने भएकोले हरेक बाबु आमाले मर्यादित महिनावारी बारे छलफल र वार्ता चलाउन जरुरी भएको बताइन् ।

उक्त कार्यक्रममा चन्द्रनगरका ७ वटा वडाहरूबाट झन्डै ३ हजारको सहभागिता रहेको थियो ।

यो पनि…
‘मर्यादित महिनावारी र रजनोबृत्ती जीवनको महत्त्वपूर्ण विषय हुन्’
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested