English

सर्लाहीमा नेपालकै पहिलो बालिका सम्मेलन



सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित जनकपुरमा नेपालमै पहिलो बालिका सम्मेलन भएको छ । नेपालका ७५३ वटा पालिकामध्ये चन्द्रनगर नै बालिका सम्मेलन आयोजना गर्ने पहिलो पालिका बन्न सफल भएको हो ।

शनिबार पालिका अध्यक्ष राज कुमार महतोको अगुवाइमा भएको कार्यक्रममा मुसहर समुदायका विभिन्न व्यक्तित्वहरूले राजनैतिक दल र जनप्रतिनिधि बीचको आन्तरिक द्वन्द्व र खिचातानीले गर्दा पूर्वनिर्धारित योजना अनुसार कार्यक्रम सञ्चालन गर्न नसकेकोमा असन्तुष्टि र दुखेसो प्रकट गर्दै जनताको भावनासँग यसरी खेलबाड नगर्न चेतावनी दिएका थिए । गत वर्षको वार्षिक कार्य योजनामा समावेश गरिएका कार्यक्रमहरू जस्तै छात्रवृत्ति वितरण कार्यक्रम यथाशक्य शीघ्र कार्यान्वयन गर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले बालिका अथवा महिलाहरूको घर घरमा मर्यादित जीवन जिउन सक्ने वातावरण नभएकोले आफ्नो पालिकामा मात्रै नभै मधेस प्रदेशमै महिलाहरू पछाडि परेको तथ्य प्रस्ट पारे । उनले आगामी वार्षिक योजनामा मर्यादित महिनावारी अभियानलाई समावेश गर्दै आफ्नो पालिका उत्कृष्ट पालिका बनाउने प्रतिबद्धता जाहेर गरे ।

मर्यादित महिनावारी अभियानका प्रणेता एवं लेखक डा. राधा पौडेल ( एजम ) ले मर्यादित महिनावारी राजनैतिक अधिकार भएकोले स्थानीय सरकारले मर्यादित महिनावारीलाई पालिकाको आवधिक तथा वार्षिक कार्यक्रममा समावेश गरी पालिकालाई मर्यादित महिनावारी मैत्री पालिका बनाउन आव्हान गरीन् । त्यस्तै, बेलायतबाट राधा पौडेल फाउन्डेसनमा मर्यादित महिनावारीमा इन्टर्नसिप गर्न आएकी बिद्यावारिधीकी विद्यार्थी अबिगेल लेनोक्सले लैङ्गिक समानताका लागि घर, स्कुल र सबै किसिमका कार्यालयहरूमा मर्यादित महिनावारीको सम्बन्धमा छलफल, बहस र कुराकानी गर्नुपर्ने आजको आवश्यकतामाथि प्रकाश पारेकी थिइन् ।

यस्तै मर्यादित महिनावारी युके च्याप्टरकी संयोजक तथा सञ्चार अभियन्ता सुधा गुरुङले महिनावारी विभेदले घरैदेखि छोरा र छोरी बिचमा भेदभावको खाडल खडा गर्दै बाल विवाह, बलात्कार, हिंसा निम्त्याउने भएकोले हरेक बाबु आमाले मर्यादित महिनावारी बारे छलफल र वार्ता चलाउन जरुरी भएको बताइन् ।

उक्त कार्यक्रममा चन्द्रनगरका ७ वटा वडाहरूबाट झन्डै ३ हजारको सहभागिता रहेको थियो ।

यो पनि…
‘मर्यादित महिनावारी र रजनोबृत्ती जीवनको महत्त्वपूर्ण विषय हुन्’
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested