राधा पौडेल फाउन्डेसनलाई बेलायतबाट १८ लाख २५ हजार ४ सय ४३ रुपैयाँ सहयोग



राधा पौडेल फाउन्डेसनलाई कोरोना राहत स्वरुप बेलायतबाट १८ लाख २५ हजार ४ सय ४३ रुपैयाँ सहयोग हस्तान्तरण भएको छ । बेजिङ्गस्टोक निवासी सामाजिक अभियन्ता एवं ग्लोवल साउथ कोएलिसन फर डिग्नीफाइड मेनस्ट्रेसन युके च्याम्परको को–अर्डिनेटर सुधा गुरुङको सक्रियतामा उक्त रकम संकलन भएको थियो ।

संकलित रकममध्ये १४ लाख ३३ हजार ५ सय ३५ रुपैयाँ बि एफ बि एस गोर्खा रेडियोका स्टेशन म्यानेजर बिनोदध्वज खड्काले गुरुङको अनुरोधमा फाउन्डेसनकी अध्यक्ष राधा पौडेललाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, गुरुङको अभियानमा बाथ, बेलायतस्थित याक यति याक फाउन्डेसनले ३ लाख २९ हजार २० रुपैयाँ सहयोग गरेको थियो ।
फाउन्डेसनसहित सहारा युकेका संस्थापक नविन गुरुङको संयोजकत्वमा सपोर्ट नेपाल युके टिम, एसियन महिला एसोसिएसन र बजिङ्गस्टोक साई समितिले यो अभियानमा साथ दिएका छन् ।

बेलायतमामात्र नभएर भारत, बु्रनाई, हङकङबाट समेत आफ्नो अभियानमा सहयोग प्राप्त भएको गुरुङ बताउँछिन् । गुरुङको अगुवाईमा हालसम्म नेपालमा विभिन्न संघ संस्था तथा आपत्विपतका बेला विभिन्न व्यक्तिहरुलाई समेत सहयोग हुँदै आएको थियो ।

यसैगरी, राधा पौडेल फाउण्डेसनले २० अक्सिजन कन्सन्ट्रेटर, १ सय पल्स अक्सिमिटर, १ सय वटा पीपीई सेट, १ हजार फेस सिल्ड, ९ सय २० महिनावारी प्याड, ५ हजारवटा मास्क लगायतका सामान गत साता नै वितरण गरिसकेको छ ।

यी सामानहरु नगर कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज, मादी अस्पताल चितवन, परासी अस्पताल (पश्चिम), गजुरी पब्लिक हेल्थ सेन्६र, नारायणी उप–क्षेत्रीय अस्पताल वीरगन्ज, जौबारी पब्लिक हेल्थ सेन्टर गोरखा, आँप पिपल अस्पताल गोरखा लगायतका अस्पतालमा वितरण गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा.बलराम श्रेष्ठ विश्वको सबैभन्दा लामो आयु कुन देशका नागरिकको होला ? यसको जवाफ हो– जापान । जापान एउटा त्यस्तो देश

बेलायतले राजामहाराजाहरुले मात्र पाउने सम्मान एक नेपाली सिपाहीलाई उसको वीरताको प्रतिकस्वरुप दिएको छ । भिसी तुल बहादुर पुनले दोश्रो विश्वयुद्धमा

वीर गोर्खालीको सान विश्वमा यति छ कि बयान गरि साध्य छैन । पहिलो विश्वयुद्धपछि गोर्खालीको नाम सुन्नासाथ विश्व शासकहरुको मुटु

राइज मिडिया नेटवर्कले मेलम्ची बाढी पीडितलाई सहयोग गरेको छ । बाढीले सर्वस्व गुमाएहरुलाई नेटवर्कले मंगलबार भान्साका लागि आवश्यक प्रेसर कुकर,

Suggested