English

यी ब्यूटी प्रोडक्ट सही तरिकाले प्रयोग गरिएन भने हानी पुर्याउछ



आजको समयमा मानिसहरू आफ्नो छालालाई लिएर धेरै सचेत छन् । तपाईँले प्रायः छाला विशेषज्ञहरूबाट सुन्नु भएको छ कि जब तपाईँ पार्लर जानुहुन्छ, अरूले प्रयोग गरेको मेकअप उत्पादनहरू प्रयोग नगर्नुहोस्। यदि तपाईँले यसो गर्नुभयो भने, यसले तपाईँको छालामा प्रभाव पार्न सक्छ। जसका कारण विशेष गरी महिलाहरू आफ्नो उत्पादन मात्र प्रयोग गर्न रुचाउँछन् ।

यदि तपाईँ बेलाबेलामा मेकअप प्रयोग गर्दै हुनुहुन्छ भने, यो ठिक छ, तर धेरै मेकअप लगाउनाले तपाईँको अनुहारको टोन बिगार्न सक्छ। के तपाईँलाई थाहा छ तपाई आफ्नै मेकअप प्रयोग गर्नुहुन्छ तर बारम्बार प्रयोग गर्दा छालामा समस्या आउन सक्छ । हो, सुन्दा अनौठो लाग्ला तर सत्य यही हो । वास्तवमा, धेरैजसो मेकअप उत्पादनहरू रसायनयुक्त हुन्छन्। जसको अत्यधिक प्रयोगले तपाईँको छालालाई हानी पुर्याउन सक्छ । तपाईँलाई ती उत्पादनहरूका बारेमा बताउनेछौँ, जुन तपाईँले बारम्बार प्रयोग गर्नु हुँदैन।

लिपस्टिक

महिलाको जीवनमा लिपस्टिकले निकै महत्त्वपूर्ण भूमिका खेल्छ । महिलाहरूले घरबाट बाहिर निस्कँदा पूरा मेकअप गर्न वा नगर्न सक्छन्, तर लिपस्टिक लगाउन कहिल्यै बिर्सिँदैनन् । तर, के तपाईँलाई थाहा छ, केही लिपस्टिक र लिप–ग्लोसमा तेल र रसायनहरू हुन्छन्, जसले तपाईँको ओठलाई हानि पुराउँछ। जसका कारण ओठको छिद्र पनि बन्द हुन्छ । त्यसैले धेरै लिपस्टिक लगाउनबाट टाढा रहनुहोस्।

गाजल

आँखाको सौन्दर्य बढाउन गाजलको प्रयोग गरिन्छ । तर, बजारमा पाइने कयौँ गाजलमा पाइने केमिकलले आँखा सुख्खा बनाउने र आँखामा संक्रमण निम्त्याउँछ। तपाईँको आँखामा चिलाउने र एलर्जीको समस्या भए पनि यसको प्रयोग नगर्नुहोस्।

पाउडर

गर्मी मौसममा सबैले पाउडर प्रयोग गर्छन्। यसमा धेरै यस्ता तत्त्व पाइन्छ, जसले छालामा सीधै नराम्रो असर गर्छ ।

नेल पोलिस

महिलाहरूले नङको सौन्दर्य बढाउन यसको प्रयोग गर्छन्। यसमा हुने रसायनका कारण नङले आफ्नो प्राकृतिक सौन्दर्य गुमाउँछ । यसको अत्यधिक प्रयोगले नङ पहेँलो हुन थाल्छ ।

कपालको रङ्ग

कपालमा विभिन्न रङ्ग लगाउनु आजकल चलन बनेको छ । तर, के तपाईँलाई थाहा छ यसले तपाईँको कपाल कमजोर बनाउँछ । यसका साथै यसमा पाइने रसायनलाई मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

यो पनि…
डार्क सर्कल लुकाउन यसरी मेकअप गर्नुहोस्
गलत तरिकाले गरेको मेकअपले अनुहारको सौन्दर्य बिगार्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested