बीवाइडीको ‘सपना र वन जङ्गलको निर्माण’ अभियान



विश्व जैविक विविधता दिवस को अवसरमा बीवाइडीको आधिकारिक वितरक साईमेक्स इंक प्रा.लि. ले सामाजिक उत्तरदायित्वको पहल गर्दै ‘सपना र वन जङ्गलको निर्माण’ अभियानको घोषणा गरेको छ। यो अभियानले बि सं २०६२ मा गैर कानुनी बालुवा खानी उत्खनन र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनर्स्थापना को लक्ष्य लिएको छ।

कुनै बेला विविध जीव र वनस्पति सहित फस्टाएको चखनडोल सामुदायिक वनको विगतमा निकै दोहन भयो। तर, ‘सपना र वन जङ्गलको निर्माण’ अभियानले, वनमा स्थानीय प्रजातिका बिरुवा लगाई तिनीहरूलाई हुर्कने अनुकूल वातावरणको निर्माण गरी, चखनडोल सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखिएको कम्पनीले बताएको छ। ७–८ प्रकारका विभिन्न चराका प्रजातिलाई फेरी फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउने विश्वास लिएको कम्पनीले बताएको छ।

वृक्षारोपण को पहिलो वर्ष नै यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्दै ३१० टन कार्बन संरक्षण गर्नेछ भने पाँच वर्ष भित्रै बीवाइडी वनले १५५० टन कार्बन जम्मा गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्ने कम्पमनिले बताएको छ ।

साईमेक्स इंक प्रा.लि.ले का प्रमुख मार्केटिङ अधिकृत श्री समीर श्रेष्ठका अनुसार, यो अभियानले बीवाइडीको प्रविधिको प्रयोग पर्यावरण संरक्षणमा भन्ने मूल्य र मान्यताको पृष्ठपोषण गर्छ। उनी भन्छन् ‘यो अभियानले चखनडोल सामुदायिक वनलाई पुनर्जीवित गर्ने मात्र नभई, वातावरण संरक्षणमा हाम्रो निरन्तरको प्रयास र दिगो भविष्य निर्माणको हाम्रो लक्ष्यको प्रतिनिधित्व गर्छ। र, हामीलाई विश्वास छ यो कार्यक्रमले अरूलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्नेछ।’

‘मियावाकी’ प्रविधि बाट १५०० रुख रोपिने यो अभियान विश्व जैविक विविधता दिवसका अवसरमा घोषणा गरिएको हो। पृथ्वीको सुरक्षा गर्दै भावी सन्ततिका लागि जैविक विविधताको संरक्षणको महत्त्वका बारे जनचेतना फैलाउँदै यो दिवस मे २२ का दिन विश्व भर मनाइन्छ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक