पर्यटन प्रवर्द्धनका लागि ‘ताप्लेजुङ–दार्चुला’ बाइक टूर गरिने



नेपालको पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोलीले ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टूर’ गर्ने भएका छन् । एनटीपी मल्टिमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूमा यही जेठ १० गतेदेखि २५ गतेसम्म ‘ताप्लेजुङ–दार्चुला’ बाइक टूर गर्न लागिएको हो ।

‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टूर’ का लागि नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटेल एसोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले समेत सहकार्य गरेको नेपाल टुरिजम प्रमोसन टूरको संयोजक विष्णु विवेकले जानकारी दिए । उनका अनुसार पाँच वटा बाइकमा १० जनको समूहले यात्रा गर्नेछन् ।

नेपालको पर्यटन प्रवर्द्धनमा तीन तहका सरकार र निजी क्षेत्रको भूमिका, पर्यटनमा जलवायु परिवर्तनको असर, दिगो पर्यटनका चुनौती’ लगायतका विषयमा ‘प्यानल डिस्कसन’ हुनेछ ।

काठमाडौँदेखि सुरु हुने टूरमा देशका मुख्य सहरहरूमा प्यानल डिस्कसन गरिने संयोजक विष्णुले बताए । ‘काठमाडौँदेखि मध्य पहाडी लोक मार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना छ । झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेलधुरा भएर दार्चुला पुग्ने लक्ष्य छ । दार्चुलाबाट मध्य पहाडी लोक मार्ग भएर डोटी, अछाम, कालिकोट, दैलेख भएर सुर्खेत सदरमुकाम वीरेन्द्रनगर झर्ने योजना छ । सुर्खेतदेखि फेरि मध्य पहाडी हुँदै सल्यान, जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, बागलुङ हुँदै पोखरा भएर जेठ २५ गतेसम्म काठमाडौँ फर्किने कार्यक्रम छ ।’ उनी भन्छन्, ‘ताप्लेजुङ–दार्चुला टूर अन्तर्गत सात प्रदेशका मुख्य सहर तथा पर्यटकीय क्षेत्र विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, नेपालगञ्ज, कर्णाली चिसापानी, धनगढी र महेन्द्रनगरमा ‘नेपालको पर्यटन प्रवर्द्धनमा तीन तहका सरकार र निजी क्षेत्रको भूमिका, पर्यटनमा जलवायु परिवर्तनको असर, दिगो पर्यटनका चुनौती’ लगायतका विषयमा ‘प्यानल डिस्कसन’ हुनेछ ।’

एनटीपी मल्टिमिडिया ग्रुप र नेपाल टुरिजम फेस्टिभलको संयोजनमा हुन लागेको ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ अन्तर्गत सात प्रदेशका एक सय पर्यटकीय गन्तव्य तथा एक हजार सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने टूर कार्यक्रमको उद्देश्य रहेको उनले बताए । युवा पत्रकार तथा कलाकारको यो टोलीको बाइक टूरले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिकालाई थप सशक्त बनाउने आयोजकको विश्वास छ । २०८० सालदेखि २०९० सालसम्मलाई पर्यटन भ्रमण दशक बनाउने सरकारको महत्त्वाकाङ्क्षी लक्ष्यलाई समेत साथ दिन गर्न लागिएको यो टूरले पर्यटन प्रवर्द्धनका चुनौती र सम्भावनाबारे थप बृहत् छलफल तथा बहसको सुरुवात गर्दै नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गर्नुपर्ने काम तथा नयाँ कार्यक्रम ल्याउन पनि मद्दत गर्ने आयोजकले बताएको छ ।

यो पनि…
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता

वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक

मानिसको मुखमा ३२ वटा दाँत हुन्छ । वयस्कतामा, अधिकांश मानिसहरूले २८ दाँतहरू विकास गर्छन्। १७ देखि २१ वर्षको उमेरमा, बङ्गाराको