जहाँ महिलालाई पूर्ण स्वतन्त्रता छ



यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न पूर्ण स्वतन्त्रता छ। तर यहाँ पुरुषको बसाइमा प्रतिबन्ध छ ।

यो गाउँ केन्याको सम्भुरु राज्यमा छ र यस गाउँको नाम उमोजा हो। यहाँ ती महिलाहरू बस्छन् जो पुरुषको अत्याचारबाट पीडित छन्। यहाँका सबै महिला घरेलु हिंसा वा बलात्कारको सिकार भएका छन् । यो गाउँलाई महिलाको स्वर्ग भन्नु गलत हुनेछैन ।

यो गाउँ सन् १९९० को दशकमा बेलायती सेनाबाट बलात्कृत महिलाका लागि बनाइएको थियो । तर पछि घरेलु हिंसा, बलात्कार, बालविवाहका सिकार भएका महिलाहरू यहाँ बस्न थाले । यहाँका महिलाहरूको जीविकोपार्जनको साधन उनीहरूले बनाएका गरगहना हुन् । यसका अलावा धेरै सङ्घसंस्थाले पनि सहयोग गरिरहेका छन् ।

आज पनि यी महिलाहरूको जीवन धेरै कष्टकर छ, तर पनि यी महिलाहरू धेरै खुसी छन् किनभने यहाँ उनीहरूलाई पुरुषको अत्याचार सहनु पर्दैन।

यो पनि…
यहाँ बेहुलीको सट्टा बेहुलाको बिदाइ गरिन्छ
महिलाले शासन चलाएको देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक