English

आकर्षक देखिन कस्तो हिल जुत्ता लगाउने ?



हिल भएको जुत्ता प्रायः सबै महिलालाई मन पर्छ । हिल जुत्ता लगाएर हिँड्न सक्ने महिलाले विशेष गरी पार्टी वा समारोहमा हिल भएकै जुत्ता प्रयोग गर्न रुचाउँछन् । यदि तपाई पनि हिल जुत्ताको सौखिन हुनुहुन्छ भने तपाई हिल जुत्ताको छनौट यसरी गर्न सक्नुहुन्छ ।

स्टिल टोज हिल

स्टिल टोज हिल एकदमै अग्लो हिल भएको जुत्तालाई भनिन्छ । यो हिल जुत्ता लगाउँदा खुट्टालाई पातलो देखाउँछ । यो हिल जुत्ताको हिल एकदमै चुच्चो परेको हुन्छ । जसको कारण धेरैलाई हिड्डुल गर्न असहज पनि हुन्छ । यो हिल पछाडिबाट अगाडी तर्फ पातलो हुन्छ । यो हिल लगाउँदा खुट्टाको औला मात्र देखिँदैन । यो हिललाई रातीको पार्टीमा लगाउँदा आकर्षक देखिन्छ । यो हिल जुत्ता तपाईँले यस्तो किसिमको पार्टीमा मात्र लगाउन सक्नुहुन्छ, जुन पार्टीमा तपाईँलाई कमै हिड्डुल गर्न परोस् ।

पम्प्स हिल

पम्प्स हिल जुत्ताको उचाइ स्टिल टोज हिलको तुलनामा कम हुन्छ । यो हिल जुत्ताको हिल थोरै मोटो हुन्छ । यसको उचाइ पनि सिधा हुन्छ । यो हिल लगाएर हिँड्न केही सजिलो हुन्छ । यो हिल पुरै खुट्टा छोप्ने वा आधा खुट्टा छोप्ने प्रकारको हुन्छ । यो हिल जुत्ता पहिलो पटक लगाउँदै हुनुहुन्छ भने कालो वा हल्का खैरो रङ्गको किन्दा राम्रो हुन्छ ।

ब्लक हिल

ब्लक हिल अरू हिल भन्दा फराकिलो हुन्छ । यो हिल लगाएर सजिलै हिड्डुल गर्न सकिन्छ । यो हिल जुत्तालाई तपाईँले एक जोर राख्दा राम्रो हुन्छ । यो हिल तपाईँले कुनै पनि पार्टी वासमरोहमा लगाउनु सक्नु हुन्छ । यो हिलले तपाईँको लुक्सलाई एकदमै राम्रो देखाउँछ ।

प्लेटफर्म हिल

प्लेटफर्म हिल अन्य हिलको तुलनामा लगाएर हिड्डुल गर्न सजिलो हुन्छ । तपाईँलाई पार्टी, समारोह वा कुनै कार्यक्रममा धेरै हिँड्नु पर्ने हुन्छ र हिल जुत्ता पनि लगाउन मन छ भने यो हिल जुत्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

किटल हिल

किटल हिल अन्य हिल जुत्ताको तुलनामा छोटो हुन्छ । तपाई अग्लो हिल जुत्ता लगाएर हिड्डुल गर्न सक्नु हुन्न र तपाई शारीरिक रूपमा अग्लो हुनुहुन्छ भने यो हिल तपाईँको लागि परफेक्ट हुन्छ । यो हिलले तपाईँको लुक्स राम्रो देखिनुका साथै यो हिल दैनिक रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ ।

यो पनि…
गर्मी मौसममा यस्ता ड्रेस लगाउनुहोस्
महिला फेसनः गर्मीमा किन लगाउने यी पोसाक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested