English

कलेजोले ठिकसँग काम गरेको वा नगरेको यसरी थाहा पाउनुहोस्



हाम्रो शरीर स्वस्थ रहन, रोगहरूबाट बच्नको लागि हाम्रो कलेजो स्वस्थ रहनु र राम्रोसँग काम गरिरहनु आवश्यक छ। तर, जीवनशैलीमा गडबडी र अस्वस्थकर खानपानका कारण कलेजोको स्वास्थ्यमा गम्भीर साइड इफेक्ट देखिन थालेको छ । यसबाहेक मदिरा सेवन कलेजोको स्वास्थ्यका लागि सबैभन्दा घातक मानिन्छ, जसका कारण धेरै प्रकारका रोग लाग्न सक्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार कलेजोसम्बन्धी रोग धेरै युवाहरूमा पनि देखा परेको छ, जुन निश्चित रूपमा धेरै चिन्ताजनक अवस्था हो।

कलेजोसम्बन्धी रोगहरूबारे मानिसहरूलाई सचेत गराउन हरेक वर्ष अप्रिल १९ मा विश्व कलेजो दिवस मनाइन्छ। कलेजोको स्वास्थ्यमा सबैले ध्यान दिनुपर्ने र नियमित रूपमा शरीरको जाँच गराएर यस अङ्गको अवस्थाको अनुगमन गरिरहनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । कलेजोका धेरै रोगहरू गम्भीर र घातक पनि हुन सक्छन्।

हामीले केही परीक्षण र केही साधारण कुराहरूमा ध्यान दिएर पनि थाहा पाउन सक्छौँ कि हाम्रो कलेजोले ठिकसँग काम गरिरहेको छ वा छैन भनेर !

कलेजो स्वस्थ राख्न यी उपाय अपनाउनुहोस्

हाम्रो कलेजोले समयसँगै केही हदसम्म आफूलाई निको पार्न सक्छ। तर यसका लागि हामीले जीवनशैली र खानपानमा विशेष ध्यान दिन जरुरी छ । एक स्वस्थ जीवनशैली (जसमा स्वस्थ खाने र नियमित व्यायाम समावेश छ) को पालना सबैको लागि आवश्यक छ। रक्सी पिउने बानीले कलेजोलाई सबैभन्दा बढी नोक्सान पुर्याउँछ । यदि तपाईँलाई मधुमेह वा उच्च रक्तचाप जस्ता रोगहरू छन् भने, कलेजो स्वस्थ राख्न यसलाई नियन्त्रणमा राख्नु पनि महत्त्वपूर्ण छ।

स्वस्थ कलेजोको विशेषता के हो ?

–स्वस्थ कलेजो भनेको तपाईँको मेटाबोलिज्म पनि ठिक हुनु हो । यसको आधारमा तपाईँको कलेजोले ठिकसँग काम गरिरहेको छ वा छैन थाहा पाउन सकिन्छ ।
–यदि तपाईँ ऊर्जावान् महसुस गर्नुहुन्छ भने, यसको मतलब तपाईँको मेटाबोलिजमले पनि राम्रोसँग काम गरिरहेको छ जुन स्वस्थ कलेजोको सङ्केत हो।
–खानाको पाचन ठिकसँग हुन्छ, ग्यास–एसिडिटीजस्ता समस्या हुँदैन भने यो पनि स्वस्थ कलेजोको सङ्केत हो ।
–भोक नलाग्नु कलेजोको समस्याको पहिलो लक्षण हो। यदि तपाईँलाई समयमै भोक लागेको छ र खाना राम्ररी पचिरहेको छ भने यो स्वास्थ्यको सङ्केत हो।
–तपाईँलाई पछिल्लो २–३ वर्षमा जन्डिस भएको छैन भने यो पनि कलेजोको सही कामको सङ्केत हो ।

यी परीक्षणहरूले कलेजोको अवस्थाबारे बताउँछन्

केही प्रकारका परीक्षणहरूले तपाईँलाई कलेजोको अवस्थाको मूल्याङ्कन गर्न पनि मद्दत गर्न सक्छ। कलेजोको अवस्था कलेजोको कार्य परीक्षणबाट सजिलै अनुमान गर्न सकिन्छ। सीरम परीक्षणहरू कलेजोको प्रकारे पत्ता लगाउन पनि उपयोगी छन्। हाम्रो कलेजोले सीरम एल्बुमिन नामक प्रोटिन बनाउँछ, जसको कम स्तर कलेजो र मिर्गौला दुवै समस्याको सङ्केत हुन सक्छ।

सानैदेखि कलेजोको स्वास्थ्यको ख्याल गरौँ । यो एक अङ्गमा भएको समस्याको प्रभावले सम्पूर्ण शरीरलाई असर गर्न सक्छ।

यो पनि…
कुन भिटामिनले कलेजो स्वस्थ राख्छ ?
मिर्गौला खराब हुने कार
ण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested