English

यसरी हुर्काउनुहोस् बिरुवा



घरलाई सुन्दर बनाउन बगैँचाको भूमिका महत्त्वपूर्ण हुन्छ । बगैँचामा रहेका मौसमी तथा सदाबहार बोटबिरुवाले घरलाई सुन्दर देखाउँछ । घाम कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिएर बिरुवा रोप्दा बोटबिरुवा आकर्षक देखिन्छ । बोटबिरुवाको हेरचाह गर्दा यी कुराहरूमा विशेष ध्यान दिनु पर्छ ।

— कुनै पनि नयाँ बिरुवा रोप्दै हुनुहुन्छ भने तपाईँले नर्सरी बाट ल्याउने बिरुवा कम्तीमा पनि साढे दुई फिट र बढीमा ५ फिटको हुनुपर्दछ ।

— यदि तपाईँले घरमै गमलामा बेर्ना उमार्नु भएको छ भने गमलाको बिरुवा बगैँचामा सार्दै हुनुहुन्छ भने एक देखि डेढ फिटको खाडल बनाउनु पर्छ र बिरुवालाई सार्नु पर्छ ।

— बगौंचाको माटो चिम्टाइलो छ भने त्यसमा बालुवा, माटो र मल मिसाउनु पर्छ ।

— गमलामा भएको बेर्नालाई जमिनमा सार्दा गमलामा भएको एक फिट माटो सँगै हालेर पुर्नु पर्छ ।

— बिरुवा सारिसकेपछि त्यसलाई वरिपरिबाट पानी हाल्ने, बिरुवा नसरेसम्म दिनको दुई पटक बिहान र बेलुका नबिराई पानी हाल्नुपर्छ ।

— बिरुवालाई बेलाबेलामा गोडमेल गर्ने र त्यसमा उम्रिएका झारहरूलाई निकाल्ने गरिरहनु पर्छ ।

— बोटबिरुवामा लाई लाग्ने समस्या हुन सक्छ त्यसको लागि पसलबाट लाईको औषधी ल्याएर हाल्ने अथवा घरमै पनि लाईको औषधी बनाउन सकिन्छ त्यसको लागि लसुन र तीतेपातीलाई कुटेर पानीमा मिसाउने र लाई लागेको बिरुवामा माथिबाट छर्कने यसले लाई तथा अन्य किराहरू पनि लाग्न सक्दैन ।

— बोटबिरुवामा मल हाल्दा कम्पोस्ट मल, पिना, र बोन मील मिसाएर एउटा बिरुवालाई आधा किलोको दरले हाल्नु पर्छ । यसरी मल हालेपछि बिरुवाको वृद्धि विकास छिटो हुन्छ ।

यो पनि…
बाल्कोनी सजाउन यी पेन्टिङ सुझावहरू
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested