English

वास्तुशास्त्र : घरमा बगैँचा बनाए सकारात्मक ऊर्जा आउँछ



बगैँचाले हाम्रो घरको सौन्दर्य बढाउन काम गर्छ। यस्तो अवस्थामा वास्तुशास्त्र अनुसार घरमा रुख तथा बिरुवा रोप्नुभयो भने घरको सौन्दर्य बढ्नुका साथै शरीर पनि स्वस्थ रहन्छ ।

प्रायः मानिसहरू आफ्नो घरको सौन्दर्य बढाउन विभिन्न प्रकारका रुख रोप्छन् । यसो गर्नाले घरको सौन्दर्य त बढ्छ तर यसको केही साइड इफेक्ट हामी र हाम्रो घरमा पनि पर्छन् । वास्तुशास्त्रका तरिका अनुसार बगैँचा लगाउनाले कुनै पनि प्रकारको समस्या हुँदैन । घरमा सकारात्मक ऊर्जा आउँछ, शरीर पनि स्वस्थ रहन्छ । वास्तुशास्त्रमा हरेक कुरालाई राख्ने वा गर्ने विशेष तरिका बनाइएको छ।

–वास्तुशास्त्र अनुसार घरमा बगैँचा बनाउनको लागि उत्तर र पूर्व दिशा धेरै शुभ मानिन्छ। यदि तपाईँले आफ्नो घरमा यस दिशामा बगैँचा बनाउनुभयो भने, तपाईँको घरमा सधैँ सकारात्मक ऊर्जा बन्न सक्छ।

–वास्तुशास्त्र अनुसार घरको दक्षिण र पश्चिम दिशामा बगैँचा बनाउनु हुँदैन। यस दिशामा वृक्षारोपण गर्नाले नकारात्मक शक्तिहरू बास बन्छन्।

–वास्तुशास्त्रका अनुसार उत्तर दिशामा बगैँचा रोप्दा हाम्रो करियरमा नयाँ अवसर र समृद्धि आउँछ। वास्तुशास्त्रका अनुसार तुलसीको बोट उत्तर दिशामा लगाउनाले घरमा सुख शान्ति रहन्छ ।

–वास्तुशास्त्रका अनुसार उत्तर दिशामा साना काँडे बिरुवाहरू कहिल्यै रोप्नु हुँदैन।

–यदि तपाईँ बगैँचामा फलफूल बिरुवा लगाउन चाहनुहुन्छ भने वास्तुशास्त्र अनुसार पूर्व दिशामा रोप्नुहोस्। यो दिशालाई वास्तुशास्त्रमा निकै शुभ मानिएको छ ।

–यदि तपाईँ रातो वा गुलाबी फूल रोप्ने सोचमा हुनुहुन्छ भने वास्तुशास्त्र अनुसार दक्षिण–पूर्व वा दक्षिण–पश्चिम दिशामा रोप्नुहोस्।

–वास्तुशास्त्रका अनुसार पूर्व दिशामा ठूला बिरुवा कहिल्यै नरोप्नुहोस् ।

सधैँ पश्चिम र दक्षिणमा ठूला रूखहरू र बिरुवाहरू रोप्नुहोस्।

यो पनि…
बगैँचा सजाउन पुराना सामानको प्रयोग
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested