English

‘बेटर होम अप्लायन्स’ले उत्कृष्ट विक्रेतालाई थाइल्याण्ड पठायो



घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी इण्डस्ट्रिज प्रा. लि. अन्तर्गतको ईलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्डले आफ्नो सबैभन्दा बढी सामान विक्री गर्ने उत्कृष्ट रिटेलरहरूलाई थाइल्याण्डको पाँच दिने भ्रमणमा पठाएको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सामान बेच्ने रिटेलरहरूलाई प्रोत्साहन स्वरुप थाइल्याण्ड यात्रा पुरस्कारको रुपमा दिइएको कम्पनीले बताएको छ । अहिलेको कठिन आर्थिक अवस्थाका बावजुद, बेटरले आफ्ना रिटेलरहरूलाई आगामी वर्ष अझ राम्रो विक्री गरुन र अगाडि बढुन भनेर प्रोत्साहन र प्रेरणाको रूपमा यात्रा प्रस्ताव गरेको बेटर होमका सह–संस्थापक र सीओओ सन्नी रौनियारले बताए ।

हामी आफ्नो रिटेलरहरूलाई उत्थान गर्न चाहन्छौं र विश्वास दिन चाहन्छौं । उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी हाम्रो कृतज्ञता देखाउन चाहन्छौं।

‘हामी आफ्नो रिटेलरहरूलाई उत्थान गर्न चाहन्छौं र विश्वास दिन चाहन्छौं । उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी हाम्रो कृतज्ञता देखाउन चाहन्छौं।’ रौनियारले भने । बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्योग हो । पोखरामा कर्पोरेट कार्यालय राखेको कम्पनीले वीरगंजमा उद्योग स्थापना गरेको छ । कम्पनीले प्रेसर कुकर, राईस कुकर, आईरन, ईन्डक्सन चुल्हो, ईन्फ्रारेड चुल्हो, ईलेक्ट्रिक जग, हिटर, पंखा लगायतका घरयासी सामान उत्पादन गर्दै आएको छ ।

याे पनि
स्वदेशमै अन्तर्राष्ट्रिय शिक्षा दिने नेपालको पहिलो आईबी स्कूल
अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested