English

सेयर बजारमा गिरावट



साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार झिनो अंकको सामान्य वृद्धि भएको सेयर बजार बुधबार पुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।

व्यापार बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम केही वृद्धि भएको छ ।

मंगलबार करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक १२० करोड ३५ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड २९ लाखको कारोबरा भएको छ ।

बुधबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विद्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ६.४२ प्रतिशतले वृद्धि भएको छ ।

यता किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशत र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशतले गिरावट भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested