English

सेयर बजारमा झिनोअंकको वृद्धि



सेयर बजार परिसूचक नेप्से १.८५ अंकले बढेको छ। सोमबार १९५१ विन्दुमा बन्द भएको बजारको मंगलबार नेप्से परिसूचक १९५३ मा आइपुग्यो। यसदिन एक अर्ब १३ करोड रूपैयाँको कारोबार भएको हो।

सोमबार एक अर्ब १६ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। तर, मूल्य बढेर कारोबार हुने कम्पनीको संख्यामा वृद्धि भएको छ। सोमबार मात्रै ३६ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेकोमा मंगलबार एक सय ४० वटाको मूल्य बढेको छ। यसदिन कारोबारमा आएका २५५ धितोपत्र तथा ऋणपत्रमध्ये ९५ वटाको मूल्य घटेको छ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर एक हजार ३२५ पुगेको छ। एनआइसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सबैभन्दा धेरै ५.६४ प्रतिशतले घटेको छ। एनआइसी एशिया र नबिल बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। यी बैंकहरूको सेयर कारोबार क्रमशः १० करोड ४८ लाख रूपैयाँ र तीन करोड ४४ लाख रूपैया बराबर भएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested