English

सेयर बजारमा झिनोअंकको वृद्धि



सेयर बजार परिसूचक नेप्से १.८५ अंकले बढेको छ। सोमबार १९५१ विन्दुमा बन्द भएको बजारको मंगलबार नेप्से परिसूचक १९५३ मा आइपुग्यो। यसदिन एक अर्ब १३ करोड रूपैयाँको कारोबार भएको हो।

सोमबार एक अर्ब १६ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। तर, मूल्य बढेर कारोबार हुने कम्पनीको संख्यामा वृद्धि भएको छ। सोमबार मात्रै ३६ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेकोमा मंगलबार एक सय ४० वटाको मूल्य बढेको छ। यसदिन कारोबारमा आएका २५५ धितोपत्र तथा ऋणपत्रमध्ये ९५ वटाको मूल्य घटेको छ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर एक हजार ३२५ पुगेको छ। एनआइसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सबैभन्दा धेरै ५.६४ प्रतिशतले घटेको छ। एनआइसी एशिया र नबिल बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। यी बैंकहरूको सेयर कारोबार क्रमशः १० करोड ४८ लाख रूपैयाँ र तीन करोड ४४ लाख रूपैया बराबर भएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested