English

तीन महिनापछि सेयर बजार पुनः २ हजार मुनि



तीन महिनापछि सेयर बजार दुई हजारको विन्दुमुनि आइपुगेको छ। बुधबार नेप्से परिसूचक १,९९५.४९ विन्दुमा आइपुगेको छ। २४.४४ अंकले घटेर बजार बन्द भएको हो। तीन महिनापछि नेप्से पुनः दुई हजार विन्दु मुनि आएको हो। मंसिर २२ यता नेप्से दुई हजार विन्दु माथि नै रहिरहेको थियो।

आज एक अर्ब २८ करोड रूपैयाँको कारोबार भएको हो। मंगलबारको तुलनामा कारोबार रकम ७.२४ प्रतिशतले घटेको हो। बोटलर्स नेपाल (तराईं)को मूल्य सबैभन्दा धेरै ९.६१ प्रतिशतले घटेर १२ हजार पाँच सय ६४ रूपैयाँमा कारोबार भइरहेको छ। आर्दश लघुवित्त वित्तीय संस्थाको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेर १६ सय ६३ रूपैयाँमा कारोबार भइरहेको छ।

सबैभन्दा धेरै कारोबार हुनेमा माथिल्लो तामाकोशी र शिवम सिमेन्ट्स छन्। यिनको क्रमशः आठ करोड ७२ लाख र आठ करोड ४० लाख रूपैयाँको सेयर किनबेच भएको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested