English

सेयर बजारमा सामान्य गिरावट



मंगलबार सेयर बजार ३.६५ अंकले घटेको छ। यस दिन नेप्से ०.१९ प्रतिशतले घटेर २०१९.७३ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँमा सीमित भएको छ। मंगलबार २६२ वटा धितोपत्रको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार तीन वटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। 

यसदिन आधिखोला लघुवित्तको सेयरमूल्य एक हजार ४५ रुपैयाँ, आदर्श लघुवित्तको सेयरमूल्य एक हजार ५१२ रुपैयाँ र खप्तड लघुवित्तको सेयरमूल्य एक हजार १३१ रुपैयाँ पुगेको छ। 

यसैगरी, सर्वाधिक मूल्य घट्नेमा प्रिमियर इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको सेयरमूल्य सर्वाधिक ३.८५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२४ रुपैयाँमा झरेको छ।

यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ३.८४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५१ रुपैयाँ कायम भएको छ। यस दिन युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २६३ रुपैयाँमा ७ करोड ५५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१४ प्रतिशत बढेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ४८९ रुपैयाँमा ६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार  समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।

यस दिन लगानी समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले बढेको छ। यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो