English

सेयर बजारमा सामान्य अंकको वृद्धि



साताको पहिलो कारोबार दिन तीव्र उतारचढावका बीच सेयर बजार ४.५५ अंकले बढेको छ। यस दिन बजार खुलेको १३ मिनेटमा घटेर नेप्से १९६३.०५ बिन्दुसम्म पुगेको थियो। त्यस पछि उकालो लागेको सेयर बजार अन्तिममा ०.२२ प्रतिशतले बढेर २०२७.१९ बिन्दुमा बन्द भएको छ।

करिब ६३ अंकले घटेको बजारमा कम्पनीहरूको सेयर मूल्य निकै सस्तिएकाले सो समयमा खरीदकर्ताहरू सक्रिय भएकाले अन्तिममा बजार बढेको देखिन्छ। आइतबार नेप्से परिसूचक सँगै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएकोमा उक्त रकम बढेर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार २६२ वटा धितोपत्रको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच भएको हो।

आइतबार विजय लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य८५० रुपैयाँ पुगेको छ। यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.६० प्रतिशतले बढेर प्रति कित्ता मूल्य २७८ रुपैयाँ ९० पैसा पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा सिटिजन्स म्युचुअल फण्ड–१ रहेको छ। उक्त योजनाको इकाइ मूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ७५ पैसामा झरेको छ।

यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३०४ रुपैयाँ कायम भएको छ।

यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३३० रुपैयाँमा १० करोड ५८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक  रहेकोे छ। उक्त कम्पनीको ८१० रुपैयाँमा ७ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच  समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ।

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ। यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.८४ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested