English

सेयर बजारमा पहिरो



बिहीबार सेयर बजार ५४.७४ अंकले घटेको छ। आज नेप्से २.७८ प्रतिशतले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ पुगेको छ। बिहीबार २६० वटा धितोपत्रको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सर्वाधिक ४.८२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ४१३ रुपैयाँ पुगेको छ। यस्तै, सामलिङ पावरको सेयर मूल्य ४.७७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५०३ रुपैयाँ पुगेको छ।

आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता १ हजार ५४ रुपैयाँ ८० पैसामा ८ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१४ रुपैयाँमा ७ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज लघुवित्त समूहको परिसूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ। यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.०८ प्रतिशतले घटेको छ।

यसैगरी, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested