English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.६० अंकले घटेको छ। आज नेप्से १.१४ प्रतिशतले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ पुगेको छ।

सोमबार २५८ वटा धितोपत्रको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको हो। सोमबार राप्ति हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ३७६ रुपैयाँ २० पैसा पुगेको छ। यस्तै, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१२ रुपैयाँ ५० पैसा पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा जीवन विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ हजार ४६३ रुपैयाँमा झरेको छ। यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ७.४२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २ हजार १६० रुपैयाँ कायम भएको छ।

आज हिमालयन डिष्लिरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३९० रुपैयाँमा २० करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साल्ट ट्रेडिङ कर्पोरेशन रहेकोे छ। उक्त कम्पनीको ४ हजार ४९४ रुपैयाँमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०.७९ र ०.४० प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested