English

सेयर बजारमा गिरावट



बुधबार सेयर बजार १३.९० अंकले घटेको छ। आज नेप्से ०.६६ प्रतिशतले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँमा सीमित भएको छ। बुधबार २५६ वटा धितोपत्रको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच भएको हो।

बुधबार युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ हजार रुपैयाँ पुगेको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ७.५० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६५४ रुपैयाँ ७० पैसा पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा गरिमा डिवेञ्चर २०८५ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ९.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७८७ रुपैयाँमा झरेको छ। यस्तै, विजय लघुवित्तको सेयर मूल्य ४.७६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९२० रुपैयाँ कायम भएको छ।

आज अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २८६ रुपैयाँमा ६ करोड २० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अरुण कावेली पावर रहेकोे छ। उक्त कम्पनीको ४१३ रुपैयाँमा ५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ। यस्तै, अन्य समूहको परिसूचक १.१४ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र

Latest










Popular
Suggested