English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ७ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ २१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ६३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रुपैयाँ १० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६० रुपैयाँ ३२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रुपैयाँ ९ पैसा र बिक्रीमा ३० रुपैयाँ २३ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३० पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested